गुगलमा ब्राजिलको खोजी

गुगलमा ब्राजिलको खोजी

मस्को : विश्वकपअघि अन्तर्राष्ट्रिय र चाखलाग्ने घटना विश्व राजनीतिकै हुने गर्दथ्यो । ‘सर्च इन्जिन गुगल’ मा अघिकांश दर्शकले इजरायल र प्यालेस्टाइन, भारत र पाकिस्तान, अमेरिका र उत्तर कोरियाबीचका घटना र राजनीतिक विषय बढी रुचि राख्दथे । रुसमा २१औं संस्करणको विश्वकप फुटबल सुरु भएपछि गुगल प्रयोगकर्ताको ध्यान फुटबलले तानेको छ ।

]अझ, गुगलमा ब्राजिल फुटबल टोलीको बढी खोली भइरहेको छ । विश्वकप सुरु भएयता गुगलमा सबैभन्दा धेरै खोजिने टोलीको पहिलो सूचीमा ब्राजिल देखिएको छ । पाँच पटकको विश्वविजेता ब्राजिल छैटौं पटक उपाधि जित्ने अभियानमा छ । यद्यपि, समूह चरणको पहिलो खेलमा ब्राजिलले स्विट्जरल्यान्डसँग बराबरी खेलेपछि निकै आलोचित भएको थियो । दोस्रो खेलमा कोस्टारिकालाई २–० गोलले हराएपछि ब्राजिल लयमा देखिएको छ । 

गुगलमा ब्राजिलका नेमारलार्इ खाेज्नेकाे संख्या एक अरबभन्दा बढी छ ।

समूहको अन्तिम खेलमा बुधबार ब्राजिलले सर्बियासँग खेल्नेछ । विश्व समाचार संस्था बीबीसीको एक अध्ययनअनुसार गुगलमा सबैभन्दा बढी ब्राजिललाई खोजिएको उल्लेख छ । यसैगरी खोलीमा अर्जेन्टिना दोस्रो, साबिक विजेता जर्मनी तेस्रो र फ्रान्स चौथो टोली बनेका छन् । खेलाडीको रूपमा पनि ब्राजिलका नेमारलाई खोल्नेको संख्या धेरै छ । नेमारलाई एक अरबभन्दा बढीले खोजेका छन् । गुगलमा अर्जेन्टिनी स्टार लियोनल मेसी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, फ्रान्सका केलियन एमबाप्पे, एन्टोइन ग्रिजम्यान, ओउसमाने डिम्बालेलगायत खेलाडीको पनि खुबै ‘सर्च’ गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.