अस्ट्रेलियाको झिनो आशा

अस्ट्रेलियाको झिनो आशा

मस्को : रुस विश्वकपको समूह ‘सी’अन्तर्गत मंगलबार हुने खेलमा प्रिक्वार्टरफाइनल चरणको झिनो आशासहित एसियाली क्षेत्रबाट छनोट भएको अस्ट्रेलियाले पेरुसँग प्रतिस्पर्धा गर्दैछ । यो खेलबाट प्रिक्वार्टरफाइनल चरणको यात्रा सम्भव बनाउन अस्ट्रेलियाले पेरुलाई पराजित गरेर मात्रै पुग्ने छैन । मंगलबार सोही समयमा हुने अर्काे खेलमा डेनमार्क पनि फ्रान्ससँग पराजित हुनै पर्नेछ र त्यसपछि पनि गोलअन्तरमा अस्ट्रेलिया अघि भएको हुनुपर्नेछ ।

मुस्किल देखिएको यही नतिजा सम्भव भएको अवस्थामा मात्रै अस्ट्रेलिया १२ वर्षपछि विश्वकप फुटबलको प्रिक्वार्टरफाइनल चरणमा पुग्नेछ । अस्ट्रेलिया यस अघि एक पटक मात्रै सन् २००६ मा विश्वकपको अन्तिम १६ मा पुगेको छ । त्यसबाहेक यसअघिको चारमध्ये तीन विश्वकपमा अस्ट्रेलिया समूहगत चरणबाटै बाहिरिएको छ ।

समूह सीबाट फ्रान्स यसअघि नै प्रिक्वार्टरफाइनल चरणमा पुगिसकेको छ भने पेरु बाहिरिसकेको छ । यो अवस्थामा अन्तिम खेलअघि प्रिक्वार्टरफाइनल चरणको सम्भावना रहेको डेनमार्कसँग चार र अस्ट्रेलियासँग मात्र एक अंक छ ।

प्रतियोगिताबाट बाहिरी सकेकाले कुनै पनि दबाबरहित देखिएको पेरुले अस्ट्रेलियाविरुद्ध जितको नतिजा निकाल्न पनि सक्नेछ । पेरु विजयी भएको अवस्थामा वा अर्काे खेलमा डेनमार्कले फ्रान्ससँग बराबरी मात्रै खेलेको अवस्थामासमेत अस्ट्रेलियाको प्रिक्वार्टरफाइनल चरणको सम्भावना समाप्त हुने छ । फ्रान्ससँग पराजित हुनुका बाबजुद गोलअन्तरमा अघि रहेको अवस्थामा समेत अस्ट्रेलियाको कुनै सम्भावना रहन्न । त्यसपछि फ्रान्स समूह विजेता र डेनमार्क उपविजेताको रूपमा प्रतियोगिताको नकआउट चरणमा पुग्नेछन् ।

विश्वकपमा यसअघि भएको प्रतिस्पर्धाको नतिजालाई हेर्दा फ्रान्स र डेनमार्कको अवस्था उस्तै देखिएको छ । विश्वकपमा यसअघि एकअर्काविरुद्ध दुई पटक प्रतिस्पर्धा गर्दा डेनमार्क र फ्रान्सले एक÷एक खेल जितेका छन् । यी खेलमा डेनमार्कले फ्रान्सविरुद्ध तीन गोल गरेको छ भने फ्रान्सले मात्रै दुई गोल गरेको छ । अस्ट्रेलिया र पेरु भने विश्वकपमा पहिलो पटक भिड्न लागेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.