'कार्लोस सान्चेलाई ज्यान मार्ने धम्की आयो'
पोल्यान्डविरुद्धको जित हाम्रा लागि निकै महत्वपूर्ण छ। यो जितले नकआउट चरणमा पुग्ने हाम्रो सम्भावना कायमै राखेको छ। हामी यो जित टोलीका महत्वपूर्ण सदस्य कार्लोस सान्चेजप्रति समर्पित गर्न चाहन्छौं।
जापानविरुद्धको खेलको तेस्रो मिनेटमै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिनु परेपछि उनको निकै आलोचना हुँदै आएको छ। त्यो खेलमा हामी जापानसँग हारेपछि सामाजिक सञ्जालमार्फत उनलाई ज्यान मार्ने धम्की आएको पनि हामीले सुनेका छौं। यस विषयमा पुलिसले पनि अनुसन्धान गरिरहेको छ।
सन् १९९४ को विश्वकपमा आत्मघाती गोलका कारण कोलम्बियन डिफेन्डर आन्द्रेस स्कोबरको गोली हानी हत्या गरिएको घटना हामीले बिर्सिएका छैनौं। कुनै पनि खेलाडीले जानेर गल्ती गरेको हुँदैन भन्ने कुरा सबैले बुझ्नु जरुरी छ। त्यसैले पोल्यान्डविरुद्धको जित हामी अहिले अप्ठ्यारो अवस्थामा रहेका सान्चेजप्रति समर्पित गर्न चाहन्छौं।
—जोसे पेकरम्यान, कोलम्बियाका प्रशिक्षक।