नेफ्स्कुनलाई विश्व ऋण परिषद्को सदस्यता

नेफ्स्कुनलाई विश्व ऋण परिषद्को सदस्यता

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) विश्व ऋण परिषद्सँग जोडिएको छ । नेफ्स्कुनले सदस्यका लागि आह्वान गरेको केही समयपछि विश्व ऋण परिषद्ले सदस्यता दिने निर्णय गरेको हो ।

विश्व ऋण परिषद्को सिंगापुरमा हुने साधारणसभामा सदस्यताको शपथ लिनेछ । उक्त कार्यक्रममा नेफ्स्कुनका अध्यक्ष डीबी बस्नेतको नेतृत्वमा नेफ्स्कुनको प्रतिनिधित्व हुने तय भएको छ । यसअघि नेफ्स्कुन एशियाली ऋण महासंघमार्फत विश्व ऋण परिषद्सँग अप्रत्यक्षरूपमा जोडिएको थियो । नेफ्स्कुनका बरिष्ठ उपाध्यक्ष परितोष पौड्यालले विश्व ऋण परिषद्सँग प्रत्यक्ष जोडिएपछि अब संस्थागत सुशासनका पक्षमा काम गर्न सजिलो हुने बताए ।

पौड्यालले विश्व ऋण परिषद्को सदस्यता प्राप्तिपछि प्रविधि आत्मासात गर्न सजिलो हुने बताए । नेफ्स्कुनले एशियाली ऋण महासंघ (अक्कु)कोे सहकार्यमा साकोसको एक्सेस ब्रान्डिङ गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.