सन्ध्या बनिन् मिस टिन एसईई

सन्ध्या बनिन् मिस टिन एसईई

काठमाडौं : एसईईका किशोरीमाझ भएको सौन्दर्य तथा प्रतिभामूलक प्रतियोगितामा सन्ध्या सिग्देलले मिस टिन एसईईको उपाधि चुमेकी छन् । स्टार वन इन्टरटेनमेन्टको आयोजनामा भएको प्रतियोगितामा सन्ध्याले मिस ब्युटिफुल, मोस्ट फोटोजेनिक र सोसियल्ली रेस्पोन्ससिवलको उपउपाधि पनि जितिन् ।

प्रतियोगितामा एलिशा लामिछाने फस्ट रनरअपका साथमा वेस्ट सिंगर, जेशिका भण्डारी सेकेन्ड रनरअपका साथमा फेसन आइकन, ईशा कार्की थर्ड रनरअपका साथमा मिस क्याटवाक तथा नीमा शेर्पा मोस्ट पपुलरका साथमा मिस कन्जिनियालिटी भएका छन् ।

त्यसैगरी ललिता वली बेस्ट हेयर, रानिका खनाल मोस्ट पे्रmन्डली, यजु तामाङ मोस्ट डिसिप्लिन, उच्चता मगर बेस्ट डान्सर, सारिका खड्का ब्युटी विथ पर्पस र फेसबुक च्वाइस, रक्षा न्यौपाने भ्युअर्स च्वाइस, रोशनी थिङ तामाङ बेस्ट स्माइल, स्नेहा न्यौपाने बेस्ट फिजिक, कामना घिमिरे सोसल वेलफेर एम्बेसडर, सोफिया तण्डुकार मिस ट्यालेन्ट, श्रेया कार्की बेस्ट स्किन, पृस्मा लुइँटेल बेस्ट स्पिच, जस्मिन शाह बेस्ट पर्सनालिटी, याहाना राई मोस्ट फिटनेस, सोनिया श्रेष्ठ मोस्ट आइकोनिक आइज र जस्मिन थापामगर मोस्ट गर्जियस भए ।

स्टार वन इन्टरटेनमेन्टकी अध्यक्ष पूजा निरौलाले एसईईका विद्यार्थीको व्यक्तित्व र आत्मविश्वास वृद्धि गर्न प्रतियोगिता आयोजना गरिएको बताइन् । अभिनेता विष्णु रिजाल, मिसेस नेपाल इन्टरनेसनल २०१८ सुरुचि पाण्डे, गायक तथा गीतकार सीताराम पोखरेल, गायक, संगीतकार तथा अभिनेता एसकुमार, संगीतकर्मी तथा अध्यापक सरोज प्याकुरेल र शिक्षासेवी पंकज जलन निर्णायक रहेको प्रतियोगिता बालकृष्ण पोखरेलको संयोजन तथा अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.