दार्चुलाका १६ जनामा हेपाटाइटिसको संक्रमण

दार्चुलाका १६ जनामा हेपाटाइटिसको संक्रमण

दार्चुला : मालिकार्जुन गाउँपालिका-३ का १६ जनामा हेपाटाइटिस 'ए' र 'र्इ' को संक्रमण देखिएको छ। जिल्ला अस्पतालबाट गएको स्वास्थ्यकर्मीको टोलीले एक सय १६ जनाको स्वास्थ्य परीक्षण गर्दा १६ जनामा हेपाटाइटिस 'ए' र 'ई' फेला परेको हो। 

जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सुरेन्द्रप्रसाद भट्टका अनुसार १६ जनामध्ये चार पुरुष र दुई महिला बढी संक्रमित भएका पाइएको छ। उनीहरुलाई जिल्ला अस्पतालमा ल्याई उपचार गरिने डा. भट्टले बताए।

प्रदूषित पानीका कारण सो रोगबाट संक्रमित भएका उनले बताए।मालिकार्जुन गाउँपालिकाका विभिन्न वडामा तीन दिनसम्म सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिएको थियो। 

हेपाटाइटिस 'ए' र 'इ' को संक्रमण देखिएमा शरीर दुख्ने, वाकवाक आउने, सामान्य ज्वरो आउने, थकान महसुस हुने, खाना खान मन नलाग्ने, आँखा र छाला पहेँलो हुने, पेट दुःख्नुका साथै रुघाखोकीको लक्षण देखिन्छ।

रोग लाग्नबाट बच्न हात धुन, खानेकुरालाई राम्ररी पकाएर मात्र खान तथा उमालेको पानी पिउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.