मोरङ कारागारमा एक कैदीको मृत्यु

मोरङ कारागारमा एक कैदीको मृत्यु

विराटनगर : विराटनगरको हाटखोलास्थित मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको मंगलबार बिहान मृत्यु भएको छ।   

मोरङको सुन्दरहरैंचा नगरपालिका र साविकको इन्द्रपुर गाविस ९ घर भएका २५ वर्षीय उत्तम तामाङको मृत्यु भएको कारागारका स्वास्थ्यकर्मी अन्जनी पोखरेलले जानकारी दिए।   

तामाङ कारागारमा नाइकेको जिम्मेवारी सम्हालेर बसेका थिए।   कारागारका छजना नाइके मध्ये उनी पनि एक हुन्।   जबरजस्ती करणी मुददामा उनलाई जिल्ला अदालत मोरङले २०७० साल बैशाख १६ गते १२ वर्ष कैद सजायको फैसला सुनाएको थियो।   पोखरेलका अनुसार लामो समयदेखि नशा सम्बन्धी समस्या रहेका तामाङको हृदयघातका कारण मृत्यु भएको हो।   

बिरामी भएपछि उपचारका लागि एम्बुलेन्समा कोसी अञ्चल अस्पताल लगिएकोमा पुर्‍याउने वित्तिकै उनलाई बिहान कबिर साढे आठ बजे अस्पतालले मृत घोषणा गरेको थियो।   पोखरेलका अनुसार यस अघि पनि पटक–पटक बिरामी पर्दै आएका कारण तामाङको नियमित उपचार हुँदै आएको थियो।   उपचारमा संलग्न चिकित्सकले नशा सम्बन्धी समस्या रहेका कारण जुनसुकै बेला पनि खतरा रहेको र समस्या आउन सक्ने बताएको कारागारले जनाएको छ।   

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यका अनुसार मृत्यु भएका कैदी तामाङको शव मंगलबार नै आफन्तलाई जिम्मा लगाइएको छ। दुई सय ५० जनाको क्षमता रहेको मोरङ कारागारमा ७५ जना महिलासहित छ सय ८५ कैदी बन्दी रहेका छन् ।

क्षमता भन्दा झन्डै तेब्बर कैदी बन्दी राखिएपछि समस्या हुँदै आएको कारागार प्रशासनले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.