मातेर स्कुल पुगेका हेड सरको चर्तिकला, अभिभावक कुटे, किताब च्यातेर फ्याले (भिडियोसहित)

मातेर स्कुल पुगेका हेड सरको चर्तिकला, अभिभावक कुटे, किताब च्यातेर फ्याले (भिडियोसहित)

बैतडीः शिवनाथ गाउँपालिका–५ मा रहेको कैलपाल आधारभूत विद्यालयका प्रधानाध्यापक नरीदत्त पन्तले मदिरा पिएर विद्यालयमा बितण्डा मच्चाएको घटना लामो समयपछि सार्वजनिक भएको छ । 

प्रधानाध्यापक पन्तले गत फागुन ३० गते विद्यालयमा भएको अभिभावक भेलामा मदिरा पिएर होहल्ला गरेको घटनाको भिडियो फेसबुकबाट सार्वजनिक भएको हो । 

१० वर्षदेखि त्यस विद्यालयको आयव्यय विवरण समेत सार्वजनिक नभएको अवस्थामा डाकिएको अभिभावकको बैठकमा प्रधानाध्यापक पन्तले मदिरा पिएर अभद्र व्यवहार गरेको वडा नं ५ का वडा सदस्य गणेशदत्त पन्तले बताए  । 

घटनाको भोलीपल्ट भएको अभिभावक भेलामा प्रधानाध्यापकले माफी मागेका थिए । उनले त्यहाँ वैशाख १ गतेभित्र हिसाब बुझाउने सहमति समेत गरेका थिए । ‘दश वर्षदेखि विद्यालयको आयव्यय विवरण सार्वजनिक भएको थिएन’, उनले भने ‘त्यसमै छलफल गर्न बोलाइएको भेलामा प्रधानाध्यापक पन्तले मदिरा पिएर भाँडभैलो गरेका हुन् ।’

वैशाख १ गतेभित्र विद्यालयको आयव्यय विवरण बुझाउने भनिए पनि प्रधानाध्यापक पन्तले अहिलेसम्म पन्तले बताए । विद्यालयको हिसाबकिताब अहिलेसम्म सार्वजनिक हुन सकेको छैन भने प्रधानाध्यापक पन्तले मदिरा पिएर हल्ला गरेको भिडियो फेसबुकभरी छाएको छ । 

यो बिषयमा प्रधानाध्यापक पन्तले आफूले मदिरा पिएको स्वीकार गरेका छन् । तर आफूले माफी मागेपछि घटना कसरी बाहिर आयो भन्ने कुरा थाहा नभएको उनले बताए  । 

‘मलाई विद्यालयको बिषयमा छलफल गरौं भनेर बोलाए । यस्तो गर्लान् भन्ने थाहा नै थिएन । म २०७१ सालदेखि मात्रै प्रधानाध्यापक भएको हुँ हिसाब त अघिदेखिको बाँकी नै छ’, उनले भने, ‘विद्यालयको आयव्यय विवरण बुझाउन अडिटरलाई अडिट गर्ने जिम्मासमेत दिइसकेको छु ।’

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नन्दराज अवस्थीले आफूले पनि सामाजिक सञ्जालबाटै घटनाका बिषयमा थाहा पाएको र घटनाबारेमा बुझ्न श्रोत व्यक्ति खटाएको बताए । 

उता शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले घटना बिषयमा फेसबुकबाटै थाहा पाएकाले यथार्थ बुझ्न श्रोत व्यक्ति पठाएको बताए । ‘त्यहाँ खटिएका श्रोत व्यक्तिले स्थानीय अभिभावकसँग छलफल गर्दा उनीहरुले त्यो प्रधानाध्यापक चाहिएन भनिरहेका छन्’, उनले भने,‘यो बिषयमा शिक्षा विकास तथा समन्वय इकाइले अब कारवाही अघि बढाउला ।’

भिडियो


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.