अर्को जितको खोजीमा जर्मनी

अर्को जितको खोजीमा जर्मनी

मस्को : पहिलो खेलमै अप्रत्याशित हार खेपेपछि दबाबमा देखिएको साबिक विजेता जर्मनीलाई प्रिक्वार्टरफाइनल चरणको यात्रा तय गर्न अझै जितको आवश्यकता देखिएको छ । स्विडेनसँग भएको समूहगत चरणको आफ्नो दोस्रो खेलमा इन्जुरी समयको पनि अन्तिम ३० सेकेन्ड अघि टोनी क्रुजले फ्रिकिकमार्फत सनसनीपूर्ण गोल गर्दै २-१ को जित दिलाएपछि जीवितै देखिएको जर्मनीको प्रिक्वार्टरफाइनल सम्भावना सम्भव बनाउन बुधबार हुने दक्षिण कोरियासँगको खेलमा पनि जित आवश्यक देखिएको छ ।

दक्षिण कोरियासँगको पराजयले भने अझै पनि जर्मनीको उपाधि रक्षाको अभियान समूहगत चरणमै रोकिने सम्भावना छ । समूह एफमा मेक्सिको सर्वाधिक ६ अंकका साथ शीर्ष स्थानमा छ भने समान तीन÷तीन अंक भएको जर्मनी र स्विडेन दोस्रो र तेस्रो स्थानमा छन् । दक्षिण कोरियाको कुनै पनि अंक छैन । बुधबार एकै समयमा हुने खेलमा आफूले दक्षिण कोरियालाई पराजित गर्दा र अर्को खेलमा मेक्सिकोसँग स्विडेन बराबरीमा रोकिँदा वा पराजित हुँदा जर्मनी सहजै दोस्रो चरणमा पुग्नेछ ।

दक्षिण कोरियाविरुद्ध जित हात पार्दा अर्को खेलमा स्विडेन कम गोलअन्तरमा विजयी भएको अवस्थामा समेत जर्मनीको सम्भावना रहन्छ । यद्यपि दक्षिण कोरिया विजयी र अर्को खेलमा पनि मेक्सिको पराजित भएको अवस्थामा भने जर्मनीलाई पछि पार्दै स्विडेन प्रिक्वार्टरफाइनलमा पुग्नेछ ।

त्यसैले जर्मनीलाई प्रिक्वार्टरफाइनल चरणको यात्रा तय गर्न पहिलो सर्तको रूपमा आफूले दक्षिण कोरियालाई पराजित गर्नै पर्ने देखिएको छ । विश्वकप फुटबलमा तेस्रो पटक आमुन्ने सामुन्ने हुन लाग्दा अहिलेसम्म दक्षिण कोरियाले जर्मनीलाई बराबरीमा समेत रोक्न सकेको छैन । यसअघि भएका दुईमध्ये दुवै भिडन्तमा जर्मनी विजयी बनेको छ ।

विश्वकपअन्तर्गत भएको प्रतिस्पर्धामा मेक्सिकोविरुद्ध भने स्विडेन बलियो देखिएको छ । विश्वकप फुटबलको अन्तिम चरणको खेलमा यसअघि एकै पटक मात्रै प्रतिस्पर्धा गर्दा स्विडेनले मेक्सिकोलाई ३-० ले पराजित गरेको छ ।

प्रभाव पार्न सक्ने खेलाडी

टोनी क्रुज (जर्मनी)

प्रतिभाशाली मिडफिल्डर टोनी क्रुज साबिक विजेता जर्मनीका मुख्य खेलाडी हुन् । टोलीका लागि उनको महŒव स्विडेनविरुद्ध भएको अघिल्लो खेलमै प्रष्ट पनि भइसकेको छ । पहिलो खेलमा मेक्सिकोसँग पराजित भएपछि जर्मनीका लागि प्रिक्वार्टरफाइनलको सम्भावना कायम राख्न स्विडेनविरुद्धको समूहगत चरणको दोस्रो खेलमा कुनै पनि मूल्यमा जित आवश्यक थियो । यद्यपि जर्मनी ९० मिनेटपछि थप गरिएको ६ मिनेटको इन्जुरी समयको अन्तिम ३० सेकेन्ड अघिसम्म पनि १–१ कै बराबरीमा रोकिएको थियो ।

उक्त खेलमा अन्तिम ३० सेकेन्डअघि प्राप्त फ्रिकिक प्रहारको अवसरलाई सदुपयोग गर्दै क्रुजले २–१ को जितसहित साबिक विजेता जर्मनीको प्रिक्वार्टरफाइनल सम्भावना जीवितै राख्न मद्दत पु¥याएका थिए । जर्मनीले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको उपाधि जित्दाका महŒवपूर्ण खेलाडी क्रुज यस पटक पनि टोलीमा उही भूमिकामा सक्रिय छन् ।

स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्ने क्रुज मैदानमा आफ्नो टोलीलाई जिताउन कुनै पनि भूमिकाबाट योगदान पु¥याउन सक्षम छन् । मैदानमा उनले आफ्ना सहकर्मीलाई उपलब्ध गराएको बल कुनै पनि अवस्थामा खेर जाँदैन । उनी आफ्ना स्ट्राइकरलाई गोलका राम्रा अवसर सिजैना गर्ने मात्रै होइन, आफैं पनि गोल गर्न सक्षम खेलाडी हुन् ।

जर्मनीले यस पटक उपाधि रक्षा गर्ने योजना बनाउँदा टोलीको अनुभवी खेलाडीको हैसियतमा जिम्मेवारी उनै क्रुजमाथि बढी छ । त्यसैले जर्मनीको बाँकी खेलमा क्रुजको मेहनत र खेल हेर्न लागयकको हुने निश्चित छ । सन् २०१० यता राष्ट्रिय टोलीबाट खेल्न थालेका क्रुजले हालसम्म टोलीका लागि ८५ खेल खेल्दै १३ गोल पनि गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.