आठ देशका नागरिकलार्इ अमेरिका छिर्न नदिने ट्रम्पको निर्णय सदर

आठ देशका नागरिकलार्इ अमेरिका छिर्न नदिने ट्रम्पको निर्णय सदर

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोडगर्दै आएजस्तै मुस्लिम बाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लागेको छ।  राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचनको एजेण्डाका रुपमा यो एजेण्डा अघि सारेका थिए । यसअघि लगाइएको प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतले सदर गरिदिएको छ। 

राष्ट्रपति ट्रम्पले गत वर्ष नै यी आठ देश सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको आदेशात्मक कानुन बनाएका थिए । 

त्यस कानुनलाई अमेरिकाका विभिन्न तहका अदालतले बदर गरिदिएका थिए। त्यसपछि यस मुद्धा सर्वोच्च अदालत पुगेको थियो। मङ्गलबार अमेरिकी सर्वोच्च अदालतले ट्रम्पको निर्णय सदर गरिदिएको छ । यो मुद्धाको फैसला न्यायाधीशको बहुमत सङ्ख्याको आधारमा गरिएको बताइएको छ । 

विश्वका केही देश, मानवअधिकारवादी र अमेरिकी अधिकारवादीहरुले यसरी कुनै निश्चित देशका नागरिकलाई अमेरिका छिर्न नपाउने भनी गरेको निर्णयको विरोध गरेका थिए। 

 उक्त मुद्धाको फैसलामा ४ जना न्यायाधीशले सदर गर्न नहुने अडान लिएका थिए भने ५ जनाले भने ती मुस्लिम बाहुल्य भएका ६ र अरु २ गरी ८ देशका नागरिकलाई अमेरिका छिर्न प्रतिबन्ध लगाउनुपर्ने पक्षमा मत राखेका थिए। 

 ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि उनले गरेका थुप्रै निर्णयहरू विवादमा परेका छन । अधिकांश त बदर नै भइरहेका छन्। 
तर यो फैसला भने ट्रम्पको पक्षमा आएको छ। अमेरिकी सञ्चारमाध्यमहरुले यो पछिल्लो फैसलालाई ट्रम्पको अहिलेसम्मकै ठूलो जितका रुपमा पनि लिएका छन्। 

(रासस/एएफपी


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.