जापानलाई बराबरी पर्याप्त, कोलम्बियालार्इ कठीन

जापानलाई बराबरी पर्याप्त, कोलम्बियालार्इ कठीन

मस्को : रुस विश्वकपको समूहगत चरणका अघिल्ला दुई खेलमा एसियाली टोलीमध्ये सशक्त प्रदर्शन गरेको जापानले बिहीबार युरोपेली प्रतिद्वन्द्वी पोल्यान्डसँग महत्वपूर्ण खेल खेल्दैछ । अघिल्लो दुई खेलबाट महत्वपूर्ण चार अंक बटुलेको जापानलाई प्रिक्वार्टरफाइनलको यात्रा तय गर्न समूहगत चरणको आफ्नो अन्तिम खेलबाट केवल एक अंक आवश्यक देखिएको छ ।

त्यसैले पोल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दा जापानको लक्ष्य कम्तीमा एक अंक हात पार्नु हुनेछ । यो नतिजाले जापानलाई तेस्रो पटक विश्वकपको प्रिक्वार्टरफाइनल चरणमा पुर्‍याउने निश्चित छ । जापान सन् २००२ मा आफ्नै देशले आयोजना गरेको र सन् २०१० मा दक्षिण अफ्रिकाले आयोजना गरेको विश्वकपमा पनि प्रिक्वार्टरफाइनलसम्म पुगेको थियो ।

त्यही इतिहास दोहोर्‍याउन जापानले पोल्यान्डविरुद्ध सशक्त प्रदर्शन गर्ने अनुमान गरिएको छ । यद्यपि पोल्यान्डसँगको खेलमा जापानको लक्ष्य बराबरीभन्दा माथिको हुनेछ । पोल्यान्डलाई पराजित गर्न सकेमा जापान समूह ‘एच’ को विजेता टोलीको हैसियतमा नकआउट चरणमा पुग्ने सम्भावना रहन्छ । समूह विजेता बन्ने टोलीलाई प्रिक्वार्टरफाइनलमा अर्काे समूहको उपविजेता टोलीसँग प्रतिस्पर्धा गर्न पाउने अवसर हुन्छ ।

तर, जापानले पोल्यान्डलाई कमजोर आँक्ने गल्ती भने पक्कै पनि गर्ने छैन । पोल्यान्डविरुद्धको पराजयले जापानको यात्रा समूहगत चरणमै रोकिन पनि सक्छ । अघिल्लो दुईमध्ये सेनेगल र कोलम्बियाविरुद्धको दुवै खेलमा पराजय व्यहोरेपछि पोल्यान्ड समूहगत चरणबाटै घर फर्कने निश्चित भइसकेको छ । त्यसैले पोल्यान्ड अन्तिम खेलमा जितसहित प्रतियोगिता टुंग्याउन चाहन्छ । त्यसैले रोबर्ट लेवान्डोवस्कीसहित युरोपेली क्लब फुटबलमा स्थापित खेलाडीको साथ पाएको पोल्यान्ड पनि जापानविरुद्ध जित निकाल्ने धुनमा रहने निश्चित छ ।

सोही समूहको अर्काे खेलमा जेम्स रोड्रिगेजको टोली कोलम्बियालाई भने केही मुस्किल देखिएको छ । प्रिक्वार्टरफाइनल चरणको यात्रा तय गर्न कोलम्बियालाई कुनै पनि अवस्थामा सेनेगललाई पराजित गर्नुपर्ने बाध्यता थपिएको छ । पराजय वा बराबरीको नतिजाले पनि कोलम्बियाको यात्रा पहिलो चरणमै टुंगिनेछ । गत संस्करणमा रोड्रिगेजकै उत्कृष्ट प्रदर्शनमा क्वार्टरफाइनलसम्म पुगेको कोलम्बिया यस पटक भने समूहगत चरणमै संकटमा परेको छ ।

कोलम्बियाले समूहगत चरणको आफ्नो पहिलो खेलमा जापानसँग पराजय व्यहोरेको थियो भने दोस्रो खेलमा पोल्यान्डलाई हराएको थियो । जापानसँग बराबरी र पोल्यान्डलाई पराजित गर्दै चार अंक बटुलेको सेनेगललाई भने प्रिक्वार्टरफाइनल चरणमा पुग्न बराबरीको नतिजा नै पर्याप्त हुनेछ । एकै समयमा हुने यी दुवै खेल बराबरीमै रोकिँदा जापान र सेनेगल अन्तिम १६ मा पुग्नेछन् । विश्वकपमा पोल्यान्ड र जापान तथा सेनेगल र कोलम्बिया पहिलो पटक भिड्न लागेका हुन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.