विश्वकपबाट बाहिरिएपछि आइसल्यान्डका प्रशिक्षकले के भने ?

विश्वकपबाट बाहिरिएपछि आइसल्यान्डका प्रशिक्षकले के भने ?

पहिलो सहभागितामै हामीले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्‍यौं । विश्वकपमा पहिलो सहभागिता भए पनि हाम्रा खेलाडीको प्रदर्शन कुनै पनि अनुभवी खेलाडीको भन्दा कम थिएन ।

 पहिलो खेलमै अर्जेन्टिनाजस्तो बलियो टोलीसँग अंक खोस्नु चानचुने कुरा होइन । अनुभवको हिसाबले क्रोएसिया र नाइजेरिया पनि हाम्रा लागि निकै बलिया प्रतिद्वन्द्वी हुन् । तर, हामीले कुनै पनि खेलमा समर्थकले गाली गर्न लायकको प्रदर्शन गरेनौं ।

 खेलमा हार÷जित स्वाभाविक प्रक्रिया हो । एउटा टोली अगाडि बढ्न अर्को टोली घर फर्कनै पर्ने हुन्छ । तर, हामी टोलीका प्रत्येक सदस्य रुसबाट शिर ठाडो पारेर आफ्नो देश फर्कने छौं ।

 हामीले आफ्नो धरातललाई पनि हेर्नुपर्छ । मेरो विचारमा हाम्रा सबै खेलाडीले मैदानमा गरेको प्रदर्शन वर्षौंसम्म धेरै समर्थकको सम्झनामा ताजै रहनेछ ।

-हेमिर हलग्रिम्सन, आइसल्यान्डका प्रशिक्षक ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.