धादिङमा पहिरो : एकै परिवारका तीनसहित ४ जनाको मृत्यु

धादिङमा पहिरो  : एकै परिवारका तीनसहित ४ जनाको मृत्यु

धादिङ : अविरल वर्षापछि आएको पहिरोमा परी उत्तरी धादिङको खनियावास गाउँपालिका–५ साइस्वारामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । त्यस्तै सोही गाउँपालिकाको वडा नं ४ चिउरीबोटमा पनि पहिरोले घर पुर्दा १ जनाको मृत्यु भएको छ ।  

घरमाथिबाट खसेको पहिरोले घर नै बगाउँदा वडा नं ४ साइस्वाराका राजकुमार गुरुङका श्रीमती ३३ वर्षीया बसुदा गुरुङ, उनका छोरीहरु १० वर्षीय लक्ष्मी गुरुङ र ५ वर्षीय सरस्वती गुरुङको मृत्यु भएको धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले जानकारी दिए । पहिरोमा परि राजकुमारका छोरा १२ वर्षीय विकास गुरुङ घाइते भएका छन् ।

उता खनियाबास–४, चिउरीबोटमा पहिरोमा परेर शमशेर बहादुर घललेको मृत्यु भएको छ भने उनकी श्रीमती ६२ वर्षीय कोप्ची घले बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।  बेपत्ताको स्थानीयबासी र प्रहरीले खोजी गरिरहेको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए । 

दुवै ठाउँको पहिरोमा परी ४ जना घाइते भएका छन् । घाइतेहरुको किन्ताङफेदीमा उपचार भइरहेको स्थानीयबासीले जानकारी दिएका छन् ।  उत्तरी धादिङमा पछिल्लो एक सातादेखि मध्यरातमा अविरल बर्षा हुँदै आएको र भूकम्पपछि चर्किएका पहाडी क्षेत्र र मानवबस्तीमा पहिरोको जोखिम बढको छ । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.