अपांगता भएका व्यक्तिले सगरमाथा आरोहण गर्न पाउने

अपांगता भएका व्यक्तिले सगरमाथा आरोहण गर्न पाउने

काठमाडौं : अब दुवै दृष्टिविहीन र दुवै खुट्टा नहुनेले पनि सगरमाथा आरोहण गर्न पाउने भएका छन् । कामु प्रधानन्यायाधीश दीपकराज जोशीसंलग्न सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार यस्तो फैसला सुनाएको हो ।

पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को नियम ३ संशोधन गर्दै सरकारले दुवै हात नभएका वा दुवै खुट्टा नभएका वा दृष्टिविहीनलाई पर्वतारोहणको अनुमति नदिने प्रावधान राखेको थियो । संवैधानिक इजलासले उक्त प्रावधान संविधानसँग बाझिएको ठहर गर्दै बदर घोषित गरेको छ । शारीरिक रूपमा विकलांग व्यक्तिलाई अग्ला हिमाल आरोहणमा रोक लगाउने गरी सरकारले २०७४ साल माघ १५ गते नियमावली संशोधन गरेको थियो । संशोधित व्यवस्थाले कानुनको समान प्रयोगमा विभेद भएको तथा आत्मसम्मानमा समेत चोट पुगेको दाबीसहित यस्तो प्रावधान खारेज गर्न माग राखेर नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा शारीरिक रूपमा अपांगता भएका व्यक्ति माधवप्रसाद चम्लागाईले गत वर्ष फागुन १४ गते रिट दायर गरेका थिए ।

संवैधानिक इजलासले संशोधित नियमावलीको व्यवस्था संविधानको धारा १८ र ४२ सँग बाझिएको ठहर गर्दै रिट निवेदकको पक्षमा निर्णय दिएको छ । ‘अपांगता भएका व्यक्तिहरूको आत्मसम्मानमा चोट पु¥याएको र सामाजिक न्यायको हकमा समेत आघात पु¥याएको ठहरसहित नियमावलीको संशोधित व्यवस्था संवैधानिक इजलासबाट खारेज भएको गरिएको छ’, चम्लागाईले भने, ‘समग्रमा फैसलाले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालप्रति सकारात्मक सन्देश जानेछ । शारीरिक रूपमा अपांगता भएका व्यक्तिको आत्मसम्मानसमेत बढाएको छ । अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धीमा पनि अपांगता भएका कारण कसैलाई भेदभाव गर्न नपाइने व्यवस्था छ ।’

नियमावलीमा ६ हजार ५ सय मिटरभन्दा अग्ला हिमाल आरोहणमा विकलांग व्यक्तिलाई रोक लगाइएको थियो । कामु प्रधानन्यायाधीश जोशी, न्यायाधीशहरू ओमप्रकाश मि श्र, चोलेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की र केदारप्रसाद चालिसेको इजलासले फैसला सुनाएको हो । फैसलाको पूर्ण पाठ भने आउन बाँकी रहेको सर्वोच्चले जनाएको छ ।

फैसलाले सगरमाथालगायत विश्वभर रहेका अन्य हिमाल चढ्न चाहनेलाई आरोहणको बाटो खुलेको छ । नियमावलीको व्यवस्था बाधक रहेकाले नेपाली मोहडाबाट सगरमाथा आरोहणको तयारी गरिरहेका दुवै खुट्टा गुमाएका हरिबहादुर बुढा र दुवै आँखा गुमाएका बागलुङका अमिट केसी सगरमाथा आरोहण गर्न वञ्चित भएका थिए । बेलायती सेनामा भर्ती भएका बुढाले अफगानिस्तानमा तैनाथ रहँदा आतंककारी आक्रमणमा दुवै खुट्टा गुमाएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.