जर्मनीको हारसँगै विश्वकपका चकित पार्ने यी अजीब संयोग

जर्मनीको हारसँगै विश्वकपका चकित पार्ने यी अजीब संयोग

काठमाडौँ: साविक विजेता जर्मनीले आफ्नो समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग पराजित हुँदै घरको बाटो तताएको छ । विश्वकपको सुरुवाती चरणमै जर्मनी घर फर्किन बाध्य भएको हो । यसका साथै जर्मनीको टिमसँग एक 'अजीब संयोग' पनि जोडिन पुगेको छ। 

पछिल्ला पाँच विश्व कपमध्ये चार पटक साविक विजेता समूह चरणबाटै बाहिरिएको रेकर्ड पनि बनेको छ । यसभन्दा पहिले सन् २००२ मा फ्रान्स, २०१० मा इटाली र सन् २०१४ मा स्पेनले यस्तै खालको पीडादायी क्षण व्यहोर्नु परेको थियो । 


च्याम्पियनको विदाइ

१. १९८८ मा फ्रान्सले विश्वकप जित्यो । तर सन् २००२ मा भएको विश्वकपमा फ्रान्स समूह चरणबाटै बाहिरिन विवश भयो । 

२. सन् २००६ मा इटालीले विश्वकप जित्यो । तर सन् २०१० मा इटाली समूह चरणबाटै बाहिरिन बाध्य भयो । 


३. सन् २०१० मा स्पेनले विश्वकप जित्यो । तर, सन् २०१४ को विश्वकपमा समूह चरणबाटै घरको बाटो ततायो । 

४. सन् २०१४ मा जर्मनीले विश्वकप जित्यो । तर जर्मनी रसियामा जारी विश्वकपमा समूह चरणमै दक्षिण कोरियासँग पराजित हुँदै घरतर्फ लाग्यो ।

समूह चरणमा चौथो जर्मनी

जर्मनीको टिम उसको फुटबल इतिहासमै पहिलो पटक समूह चरणमा चौथो स्थानमा रहँदै 'डम्प आउट' भयो । जर्मन टिम पहिलो पटक समूह चरणमा चौथो स्थानमा खुम्चिन बाध्य भयो । जर्मनी चार पटक दोस्रो र १२ पटक पहिलो स्थानमा रहेको थियो । 


१९५४- समूह चरणमा दोस्रो स्थान (विश्वकप जित्यो)

१९५८-सम समूह चरणमा पहिलो स्थानमा (विश्वकपमा चौथो स्थानमा रह्यो)

१९६२ - समूह चरणमा पहिलो स्थानमा  (विश्वकपमा  सातौँ स्थानमा  रह्यो)

१९६६ - समूह चरणमा पहिलो स्थानमा  (विश्वकपको फाइनलमा हार्यो)

१९७० - समूह चरणमा पहिलो स्थानमा  (विश्वकपमा  तेस्रो स्थानमा  रह्यो)

१०७४- समूह चरणमा दोस्रो स्थानमा  (विश्वकपको उपाधि जित्यो)

१९७८ - समूह चरणमा दोस्रो स्थानमा  (विश्वकपमा छैटौँ स्थानमा  रह्यो)

१९८२ - समूह चरणमा पहिलो स्थानमा  (विश्वकपको फाइनलमा हार्यो)

१९८६ - समूह चरणमा दोस्रो स्थानमा  (विश्वकपको फाइनलमा हार्यो)

१९९० - समूह चरणमा पहिलो स्थानमा  (विश्वकपको उपाधि जित्यो)

१९९४ - समूह चरणमा पहिलो स्थानमा  (विश्वकपमा पाँचौँ स्थानमा  रह्यो)

१९९८ - समूह चरणमा पहिलो स्थानमा  (विश्वकपको सातौँ स्थानमा  रह्यो)

२००२ - समूह चरणमा पहिलो स्थानमा  (विश्वकपको फाइनलमा हार्यो)

२००६ - समूह चरणमा पहिलो स्थानमा  (विश्वकपमा तेस्रो स्थानमा  रह्यो)

२०१० - समूह चरणमा पहिलो स्थानमा  (विश्वकपको तेस्रो नमा रह्यो)

२०१४ - समूह चरणमा पहिलो स्थानमा  (विश्वकप उपाधि जित्यो)

२०१८ - समूह चरणमा चौथो स्थानमा (घर फर्कियो,विश्वकप जारी)

फिफाको तथ्यांक

समूह चरणको कुरा गर्ने हो भने जर्मनीको टिम पहिलो पटक विश्व कपको समूह चरण पार गर्न विफल रह्यो । सन् १९३० मा खेलाइएको विश्वकप समूह चरणको फर्म्याटमा खेलाइएको थियो । यस विश्वकपमा जर्मनी सामेल थिएन । 

त्यसपछि सन् १९३४ र १९३८८ को विश्वकपमा नकआउट फर्म्याट अपनाइयो । सन् १९५० मा फेरि समूह चरणको फर्म्याट लागू गरियो । तर जर्मनीले सन् १९५० को विश्वकपमा प्रतिबन्ध झेल्नु परेको थियो । जर्मनीको टिम सन् १९५४ देखि लगातार विश्वकप खेलिरहेको छ। त्यसपछि पहिलो पटक जर्मनी समूह चरण पार गर्न असफल हुन पुग्यो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.