माइतीघर मण्डलामा प्रदर्शन रोक्न यो उत्तर कोरिया होइन : विश्वप्रकाश

माइतीघर मण्डलामा प्रदर्शन रोक्न यो उत्तर कोरिया होइन : विश्वप्रकाश

काठमाडौं : कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सिंहदरबार नजिकै माइतीघर मण्डलामा प्रदर्शनमा प्रतिबन्ध लगाउने गृह मन्त्रालयको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन्। प्रवक्ता शर्माले सरकारले तोकेको निषेधाज्ञा उचित समयमा तोडिने चेतावनीसमेत दिएका छन्। 

शर्माले अमेरिका, स्वीट्जरल्यान्ड, जापानको उदाहरण दिँदै सिंहदरबार नजिकै प्रदर्शन रोक लगाउनु उचित नभएको उनको भनाइ छ। उनले प्रदर्शनमा रोक लगाउने सरकारको निर्णयप्रति आक्रोश व्यक्त गर्दै यो उत्तर कोरिया नभएर नेपाल भएको सम्झाएका छन्। 

सामाजिक सञ्जालमा सक्रिय शर्माले बिहीबार साँझ ट्विट गर्दै सरकारको निर्णयको चर्को विरोध गरेका हुन्। 

‘निषेधाज्ञाः उचित समयमा तोडिनेछ’, शर्माले ट्विटरमा लेखेका छन्, ‘अमेरिकामा ह्वाइटहाउस सामुन्ने, स्वीट्जरल्यान्ड वा जापानमा सरकारको नाकै अघि विरोध प्रदर्शन गर्न पाइन्छ। तर, सिंहदरबार नजिक माइतीघर मण्डलामा समेत प्रदर्शनमा रोक लगाउने सरकारलाई स्मरण गराउँछु यो उत्तर कोरिया होइन नेपाल हो।’

सँगै उनले सरकारको यो निर्णयको नियतमै खोट भएकोसमेत बताएका छन्। ‘निर्णयको नियतमा खोट छ’, उनले थप लेखेका छन्।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.