विश्वकप फुटबल: ८२ वर्षपछि बेल्जियमसँग इङ्ल्यान्ड पराजित

विश्वकप फुटबल: ८२ वर्षपछि बेल्जियमसँग इङ्ल्यान्ड पराजित

कालिलिनग्राद: विश्व कप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा बेल्जियमले इङ्ल्यान्डलार्इ ८२ वर्षपछि पराजित गरेको छ । 

अदनान जानुजार्इ निर्णायक गोल गरेपछि समूह जी बाट सबै तीन खेल जितेको बेल्जियम ९ अंकसहित शीर्ष स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम १६ मा बेल्जियमले समूह एच को उपविजेता जापानसँग प्रतिस्पर्धा गर्ने छ । 

बेल्जियमका अदनान जानुजाइले ५१ औँ मिनेटमा गोल गर्दै जित दिलाएका हुन् । बेल्जियमसँग पराजित भएपछि इङ्ल्यान्ड समूहका २ खेलमा जित र एक हारसहित उपविजेता बनेर अन्तिम १६ मा पुगेको छ । अब उसले क्वार्टर फाइनलका लागि समूह एचको विजेता कोलम्बियासँग प्रतिस्पर्धा गर्ने छ । 

समूह विजेता च्याम्पियन

पछिल्ला पाँच विश्व कप फाइनल खेल्ने १० टिममा केबल फ्रान्स मात्रै समूहको शीर्ष स्थानमा थिएन । सन् २००६ मा फ्रान्स विश्वविजेता बन्न सकेन । सन् १९९८ देखि सन् २०१४ सम्म समूहको शीर्ष स्थानमा रहेका टोलीले विश्वविजेता बनेका छन् । 

८२ वर्षपछिको जित 

इङ्ल्यान्ड र बेल्जियम २१ पटक भिडेका थिए । जसमा केबल एक पटकमात्रै बेल्जियम विजयी भएको थियो । अर्कातिर इङ्ल्यान्डले १५ वटा जित दर्ता गरेको थियो । बेल्जियम ९ मे १९३६ मा भएको खेलमा इङ्ल्यान्डविरूद्ध ३-२ ले विजयी भएको थियो । त्यसयछि यही विश्वकपमा मात्रै उसले इङ्ल्यान्डलार्इ हराउन सकेको हो । 

बेल्जियमले २८ जुनमा यसभन्दा अघि पनि २ पटक खेलिसकेको छ । तर दुवैमा हार मिलेको अवस्थामा यो पटक भने उसले जित निकाल्यो । यसअघि १९८२ जुन २८ मा उसलार्इ पोल्यान्डले ३-० र १९८६ जुन २८ मा फ्रान्सले ४-२ ले हराएको थियो । 

इङ्ल्यान्डको ८ गोल 

इङ्ल्यान्डको टिमले समूह चरणमा अहिलेसम्म ८ गोल गरेको छ । तर बेल्जियमविरूद्ध उसका धारिला स्ट्राइकर फेल भए । यसभन्दा पहिले इङ्ल्यान्डले सन् १९६६ को विश्वपकपमा ८ भन्दा धेरै गोल गरेको थियो । त्यो बेला उसले ११ गोल गरेको थियो। 

समूह चरणमा ११ गोल गर्दै त्यो बेला इङ्ल्यान्डले विश्वकपको उपाधि पनि उचालेको थियो । ह्यारी केनले समूह चरणमा पाँच गोल गरेका थिए । उनी भन्दा धेरै इङ्ल्यान्डका लागि सन् १९८६ को विश्व कपमा ग्यारी लिनेकरले ६ गोल गरेका थिए । त्यो बेला लिनेकरले गोल्डेन बुट पनि जितेका थिए । 

लुकाकुको चार गोल

बेल्जियमका प्रमुख स्ट्राइकर रोमेलु लुकाकु चोटका कारण इङ्ल्यान्डविरूद्ध मैदानमा उत्रिएनन् । उनले पनि यो विश्वकपमा पनामा र ट्युनिसयाविरूद्ध चार गोल गर्दै गोल्डेन बुटको दाबेदारीमा उभ्याएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.