सकियो समूह चरणका खेल, कुन महादेशबाट कुन राष्ट्र छनोट भए, कुन बाहिरिए ?

सकियो समूह चरणका खेल, कुन महादेशबाट कुन राष्ट्र छनोट भए, कुन बाहिरिए ?

काठमाडौं  : रुसमा जारी फिफा विश्वकप २१ औं संस्मरणको प्रतियोगितामा बिहीबार रातिका खेल सकिँदा समूह चरणका बसै खेल सकिएका छन्। सहभागी ३२ राष्ट्रमध्ये १६ राष्ट्र नकआउट चरणमा प्रवेश गरेका छन्। १६ राष्ट्र रुस विश्वकपको यात्रालाई पूर्णविराम लगाउँदै घर फर्किने तयारीमा छन् । 

रुस विश्वकपको अन्तिम १६ मा स्थान बनाउन सफल मध्ये १० युरोपेली राष्ट्र रहेका छन् भने ४ दक्षिण अमेरिकी राष्ट्र रहेका छन्। एसिया र उत्तर अमेरिकाबाट एक-एक राष्ट्रले अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन्।  अफ्रिकन राष्ट्र मध्येबाट भने कुनै टोली पनि नकआउट चरणमा प्रवेश गर्न सकेनन्। 

विश्वकपमा २० संस्मरण मध्ये हालसम्म युरोपेली टोलीले ११ र दक्षिण अमेरिकी टोलीले ९ पटक उपाधि जितेका छन् । अन्य महादेशका राष्टले हालसम्म फिफा विश्वकपको उपाधि हात पार्न सकेका छैनन् । 


युरोप


 सहभागी राष्ट्र : १४ 
अन्तिम १६ मा पुग्ने : १०
बाहिरिने : ४

छनोट राष्ट्र 
रुस, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएसिया, स्विट्जरल्याण्ड, स्वीडेन, बेल्जियम, इङ्ल्याण्ड

बाहिरिने : आइसल्याण्ड, सर्बिया, जर्मनी, पोल्याण्ड


दक्षिण अमेरिका 


सहभागी राष्ट्र : ५ 
अन्तिम १६ मा पुग्ने : ४
बाहिरिने : १

छनोट राष्ट्र 
उरुग्वे, अर्जेन्टिना, ब्राजिल, कोलम्बिया

बाहिरिने  :  पेरु


एसिया


सहभागी राष्ट्र :५ 
अन्तिम १६ मा पुग्ने : १
बाहिरिने : ४

छनोट राष्ट्र : जापान

बाहिरिने : साउदी अबर, इरान, दक्षिण कोरिया, अष्ट्रेलिया 


उत्तर र मध्य अमेरिका 



सहभागी राष्ट्र : ३ 
अन्तिम १६ मा पुग्ने : १
बाहिरिने : २

छनोट राष्ट्र : मेक्सिको 

बाहिरिने : पानामा, कोस्टारिका 


अफ्रिका 



सहभागी राष्ट्र : ५ 
अन्तिम १६ मा पुग्ने : ०
बाहिरिने : ५

छनोट राष्ट्र : छैन 

बाहिरिने : इजिप्ट, मोरोक्को, नाइजेरिया, ट्युनिसिया, सेनेगल 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.