रंगशालामा म्याराडोनाको चर्चिकला, वृत्तचित्रका लागि नाटक

रंगशालामा म्याराडोनाको चर्चिकला, वृत्तचित्रका लागि नाटक

मस्को : गत मंगलबार जित्नैपर्ने खेलमा नाइजेरियालाई २-१ गोलले पराजित गर्दै अर्जेन्टिनाले प्रिक्वार्टरफाइनल चरणको यात्रा तय गर्दा दर्शकदीर्घामा बसेका डिएगो म्याराडोना चर्चाको केन्द्रमा रहे। म्याराडोना चर्चामा आउनुका पछाडि उनको अनौठो व्यवहार मुख्य कारण थियो। लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई १-० ले अघि बढाउँदा म्याराडोनाले आफू बसेको ठाउँबाट उठेर दुवै हात माथि उठाउँदै खुसी मनाएको दृश्य देखिएको थियो।

आफूभन्दा अघिको स्ट्यान्डमाथि चढ्न लागेपछि म्याराडोनालाई उनका सहयोगीहरूले रोकेका थिए। एकैछिनपछि उनी त्यहीँ निदाइरहेको वा बेहोश भएको जस्तो अवस्थामा देखिएका थिए। उनी नजिकै रहेका डाक्टरहरूले उनलाई त्यहीँ आवश्यक उपचार पनि दिइरहेका थिए। उनले खेलअघि धेरै मदिरा पिएको र मेसीको गोलको उत्साहले रक्तचाप लगायतका समस्या देखिएको समाचार आयो।

तर, त्यसको दुई दिनपछि अर्काे समाचार पनि आएको छ; जसले म्याराडोनाको त्यो व्यवहार अभिनयमा आधारित भएको संकेत गरिएको छ। बेलायती पत्रिका डेली मेलले तयार पारेको समाचारअनुसार अहिले म्याराडोनाको जीवनीमा आधारित वृत्तचित्र ‘बायोपिक’ बन्दै छ। उनले त्यही बायोपिकका लागि रंगशालामा बसेर महत्वपूर्ण फुटेज उपलब्ध गराएको बताइएको छ।

अर्काे वर्ष सार्वजनिक गरिने तयारी गरिएको म्याराडोनाको बायोपिक बेलायती निर्देशक आसिफ कपाडियाले बनाइरहेका छन्, जसले तीन पटकका फर्मुला वान विश्व च्याम्पियन ब्राजिलियन ड्राइभर सेन्ना र बेलायती गायिका एमी वाइनहाउसको जीवनीमाथि पनि यस्तै वृत्तचित्र बनाएका थिए। उनले बनाएको वृत्तचित्रले ओस्कार अवार्ड पनि जितेका छन्।

म्याराडोनाले खेलाडी हुँदा वाइन र कोकिन खाएर पनि कसरी खेलको तयारी गर्थे भन्ने तथ्यसमेत वृत्तचित्रमा खोलिएको बताइएको छ। उनले आफूले आइतबारदेखि बुधबारसम्म रक्सी र कोकिन सेवन गर्ने अनि बिहीबारदेखि शनिबार र आइतबार हुने खेलको तयारीमा जुट्ने गरेको खुलासा गरेका छन्। उनको यो व्यवहार मुख्य गरी इटालियन क्लब नापोलीमा रहँदा देखिएको थियो।

अर्जेन्टिना र नाइजेरियाबीचको खेलका क्रममा निजी विमानमार्फत म्याराडोनाको फुटेज लिइएको बताइएको छ। फिफाको सद्भाव दूतसमेत रहेका म्याराडोनाले फुटेजका लागि स्टेडियममै वाइन र सेतो देखिने पदार्थसमेत प्रयोग गरेको जनाइएको छ। उनै म्याराडोनाले दुईपटक विश्वकप उपाधि दिलाएको अर्जेन्टिनाले पछिल्लो समय ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा नियमित रूपमा कमजोर प्रदर्शन गर्दै आएको छ।

रुस विश्वकपमा समेत अर्जेन्टिना मुस्किलले अन्तिम १६ सम्म पुगेको छ। पहिलो खेलमा आइसल्यान्डसँग १-१ गोलको बराबरी र दोस्रो खेलमा क्रोएसियासँग ३-० ले पराजित भएपछि अर्जेन्टिना समूहगत चरणबाटै घर फर्कने अवस्थामा पुगेको थियो। समूहगत चरणको आफ्नो अन्तिम खेलमा नाइजेरियालाई २-१ गोलले पराजित गरेपछि अर्जेन्टिना नकआउट चरणमा पुगेको हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.