विश्वकप लगत्तै ‘इरानी मेसी’ ले सन्न्यास लिने

विश्वकप लगत्तै ‘इरानी मेसी’ ले सन्न्यास लिने

मस्को : रुसमा जारी विश्वकप फुटबलमा आफ्नो टोली उपाधि होडबाट बाहिरिए लगत्तै इरानको राष्ट्रिय टोलीका प्रभावशाली स्ट्राइकर सरदार अजमुनले सक्रिय खेल जीवनबाट सन्न्यास लिएको घोषणा गरेका छन्। ‘इरानी मेसी’को उपनामले परिचित अजमुनले फुटबलका कारण नै आफ्नी आमा बिरामी परेको कारण देखाउँदै २३ वर्षको उमेरमै सक्रिय खेल जीवनबाट सन्न्यास लिएका हुन्।

इरानका प्रतिभाशाली खेलाडी अजमुनले इरानका लागि ३३ खेल खेल्दै २३ गोल गरेका छन्। उनले कुनै खेलमा राम्रो प्रदर्शन गर्न नसक्दा समर्थक र अन्य पक्षबाट तीव्र आलोचना हुने गरेको र त्यसको असर आमाको स्वास्थ्यमा परेको कारण देखाउँदै सन्न्यास लिएको प्रतिक्रिया दिएका छन्। रुसमा जारी विश्वकपमा भने उनले गोल गर्न सकेका थिएनन्।

प्रशिक्षक कार्लो क्वेरोजको टोली इरान जारी विश्वकपको समूह ‘बी’मा परेको थियो। विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको इरानले क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगललाई १-१ को बराबरीमा रोकेको थियो भने स्पेनसँग १-० गोलको हार बेहोरेको थियो। आफ्नो पहिलो खेलमा भने इरानले मोरक्कोलाई १-० गोलले हराएको थियो। आफ्नो समूहमा इरान चार अंकसहित तेस्रो भएको थियो। अजमुनले रुस विश्वकपमा इरानका तीनवटै खेल पूरै समय खेलेका थिए।

‘राष्ट्रिय टोेलीबाट नखेल्ने निर्णय लिनु मेरा लागि निकै दुःखद क्षण हो तर आमाको स्वास्थ्यलाई ध्यानमा राखी मैले यो अप्रिय निर्णय लिनु पर्‍यो’, उनले भनेका छन्। इरानलाई विश्वकपमा छनोट गराउन पनि अजमुनको महत्वपूर्ण योगदान रहेको थियो। उनले विश्वकप छनोट प्रतियोगिताका १४ वटा खेलमा इरानका लागि ११ गोल गरेका थिए। ‘एउटा खेलाडीका रूपमा कुनै खेलमा नराम्रो प्रदर्शन गर्दा मेरो आलोचना हुनु स्वाभाविक हो तर त्यही आलोचना मेरो आमाको स्वास्थ्य समस्याको कारण बन्ने गरेको छ’, अजमुनले भने।

अजमुन रुसी क्लब रुबिन कजानबाट व्यावसायिक फुटबल खेल्छन्। उनले केवल १९ वर्षको उमेरमा इरानको राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका थिए। उनी इरानको राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पाँचौं नम्बरमा पर्छन्।

सानो उमेरदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै आएका कारण इरानमा अजमुनलाई देशका चर्चित पूर्वफुटबलर अलि दाईसँग पनि तुलना गर्ने गरिन्छ। अलि दाई इरानका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनले इरानका लागि एक सय ४९ खेलमा एक सय नौ गोेल गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.