विश्वकप फुटबलमा ' कार्ड-टेन्सन'

विश्वकप फुटबलमा ' कार्ड-टेन्सन'

सन् १९६६। विश्वकपको आठौं संस्करण चलिरहेको थियो, इङ्ल्यान्डमा। जुलाई २३ का दिन अर्जेन्टिना र इङ्ल्यान्डबीच क्वार्टर फाइनल खेल भइरहेको थियो। खेलको पहिलो 'हाफ' सकिन १० मिनेट मात्रै बाँकी थियो। अर्थात्, खेल सुरु भएको ३५ मिनेट पुगिसकेको थियो। रेफ्री केन एस्टनले अर्जेन्टिनाका चर्चित खेलाडी एन्तोनियो रेटिनलाई खेलबाट बाहिरिन निर्देशन दिए। उति बेला फुटबलमा रातो/पहेँलो कार्ड देखाउने नियम बनिसकेको थिएन।

रेफ्री एस्टनले बोलेको भाषा एन्तोनियोले बुझेनन्। अन्य खेलाडीझैं उनी पनि मैदानमै उभिइरहे। एस्टनले आफ्नो भाषामा एन्तोनियोलाई बाहिरिन आदेश दिइरहे। एन्तोनियोचाहिँ कति बेला खेल सुरु होला भनेर पर्खिरहे। पछि, अर्जेन्टिनी क्याप्टेनको सहयोगमा उनलाई मैदानबाहिर पठाइयो।

सन् १९६६ को वर्ल्डकप सकिएको केही दिनपछि केन एस्टन केन्जिङ्टन हाई स्ट्रिटमा ड्राइभ गरिरहेका थिए। उनको दिमागमा एउटा 'आइडिया' फुर्‍यो, फुटबलमा भाषाको समस्यालाई अन्त्य गर्न 'रेड कार्ड' र 'यल्लो कार्ड'को प्रयोग गर्ने। सडकमा हुने ट्राफिक लाइटको नियम मैदानमा पनि प्रयोग गर्नेबारे उनले सोचे। ड्राइभिङ गर्दा 'ट्राफिक लाइट'को निर्देशन पालना गर्नुपर्ने नियम छ।

पहेँलो बत्ती बल्दा सचेत हुनुपर्ने। रातो बत्ती बल्दा रोकिनुपर्ने। ड्राइभिङ गर्दागर्दै एस्टनले ट्राफिक नियमलाई मैदानमा प्रयोग गर्नेबारे भरपूर सोचे, 'पहेँलो कार्ड देखाउँदा खेलाडी सचेत हुनुपर्ने, रातो कार्ड देखाउँदा रोकिनुपर्ने अर्थात् खेलाडीको खेल अवधि सकिने।'कार्डको प्रयोग भयो भने फुटबलमा भाषाको सीमामा बाँधिएर खेलाडी-रेफ्री बस्नु नपर्ने ठाने एस्टनले।

सन् १९७० देखि फुटबल–संसारमा नयाँ नियम भित्रियो, रातो र पहेँलो कार्डको। मेक्सिकोमा आयोजित सन् १९७० को विश्वकपमा कुनै पनि खेलाडी कार्डको भागीदारचाहिँ बन्नु परेन। ३२ वटा म्याचमा कार्ड पाउने विश्वकै पहिलो खेलाडीका रूपमा कसैले पनि आफ्नो नाम दर्ज गराएनन्। 

सन् १९७४ मा पहिलोपटक व्यावहारिक प्रयोगमा आयो- रेड कार्ड। विश्वकपको इतिहासमा पहिलो रेड कार्ड पाएर कार्लोस क्यासजेलीले इतिहास रचे। सन् १९७४ जुन १४ का दिन समूह चरणको खेल खेल्दै थिए, चिली र पश्चिम जर्मनी। चिलीका खेलाडी कार्लोसले खेलको ६७ औं मिनेटमा पश्चिम जर्मनीका खेलाडी बेर्ती भोग्ट्समाथि दुव्र्यवहार गरे। र, तुर्किस रेफ्री डोगन बाबाक्यानले कालोर्सलाई रेड कार्ड देखाइदिए।

२०१४ को वर्ल्डकपमा १८७ वटा पहेँलो र १० वटा रेड कार्ड प्रयोग भएको थियो। ब्राजिलियन खेलाडी नेमार पहेँलो कार्ड पाउने पहिलो खेलाडी थिए। २०१८ को वर्ल्डकपमा पनि पहेँलो कार्डको ग्राफ बढिरहेको छ।

सन् ७० को विश्वकपबाट सुरु भएको कार्ड 'सिस्टम' त्यसपछि युरोपियन क्लबले प्रचलनमा ल्याए। सन् १९७६ अक्टोबर २ का दिन बेलायतका दुई क्लब 'ब्ल्याकबर्न रोभर' र 'लेटन ओरिएन्ट'बीच खेल भयो। यसै खेलमा ब्ल्याकबर्न क्लबका मिडफिल्डर डेभ वेगस्टाफलाई रेड कार्ड देखाइएको थियो। युरोपियन फुटबल क्लबहरूले १९८१ पछि केही समयका लागि कार्ड दिने व्यवस्था नै खारेज गरिदिए। कार्डका कारण धेरै होहल्ला भएको र झगडासमेत निम्तिएको क्लबहरूको ठहर थियो।

सन् १९८६ को विश्वकपमा उरुग्वे र स्कटल्यान्डको भेट समूह चरणमै भयो। खेल सुरु भएको ५४ सेकेन्डमै उरुग्वेका डिफेन्डर जोस बाटिस्टालाई रेड कार्ड देखाइयो। स्कटल्यान्डका खेलाडी गोर्डन स्ट्राकनबाट बल खोस्ने क्रममा फल गरेपछि फ्रेन्च रेफ्री जोयल क्युनियुले रेड कार्ड देखाएका थिए।

जोसले ३९ सेकेन्डमै फल गरे पनि १३ सेकेन्डपछि मात्रै रेफ्रीले रेड कार्ड देखाए। १० खेलाडीमा सीमित भएको उरुग्वेले आफूलाई सम्हाल्दै स्कटल्यान्डसँगको खेल बराबरी (०-०) मा रोकेको थियो। बाटिस्टा वर्ल्डकपको इतिहासमै सबैभन्दा कम समयमा रेड पाउने खेलाडी बन्न पुगे।       

वर्ल्डकपमा सबैभन्दा छिटो रेड कार्ड पाउने दोस्रो खेलाडीमा कार्लोस सान्चेजको नाम आउँछ। जुन १५, २०१८ देखि रसियमा सुरु भएको वर्ल्डकपको समूह चरणको खेल खेलिरहेका थिए, जापान र कोलम्बिया। जुन १९ का दिन दुई टिम मोर्डोभिया-एरेना रंगशालामा खेलिरहेका थिए। खेल सुरु भएको दुई मिनेट ५६ सेकेन्ड मात्र भएको थियो।डिबक्सभित्र सान्चेजले 'ह्यान्ड' गरेपछि उनलाई स्लोभेनियन रेफ्री डमिर स्कोमिनाले रेड कार्ड देखाए। जापानी खेलाडी युया ओसाकोको प्रहारलाई रोक्ने क्रममा बल ह्यान्ड भएको थियो।

ह्यान्ड भएपछि जापानले पेनाल्टी पायो।त्यही पेनाल्टी कोलम्बियाको पराजयको कारण बनिदियो। १० खेलाडीमा सीमित कोलम्बियाले ३९ मिनेटमा जापानविरुद्ध एक गोल गर्‍यो र बराबरी बनायो। तर, ७३औं मिनेटमा जापानका उनै युया ओसाकोले हेडमार्फत दोस्रो गोल गरेपछि जापान विजयी बन्यो।

वर्ल्डकप इतिहासमा सबैभन्दा धेरै कार्ड पाउनेमध्येका एक हुन्, भेट्रान खेलाडी जिनेदिन जिदान। उनले १९९८, २००२ र २००६ को वर्ल्डकप खेलेका थिए। तीनवटा वर्ल्डकपमा उनले ६ वटा कार्ड पाएका थिए— चारपटक पहेँलो र दुईपटक रातो। उनले जम्मा १२ वटा म्याच खेलेका थिए। त्यस्तै, मेक्सिकोका राफेल माक्र्वजले पनि चारवटा वर्ल्डकपमा ६ वटा कार्ड पाएका थिए।

२००२, २००६, २०१०, २०१४ को वर्ल्डकप खेलेका उनले पाँचपटक रातो कार्ड र एकपटक पहेँलो कार्ड पाएका थिए। ६ वटा कार्ड पाउनेमा अहिलेसम्म तीनजना मात्रै खेलाडी रहेको फिफाले आफ्नो वेबसाइटमा लेखेको छ। ६ वटा कार्ड पाउनेमध्ये अर्का खेलाडी थिए, ब्राजिलका डिफेन्डर काफु। सन् १९९४, १९९८, २००२ र २००६ को वर्ल्डकप खेलेका काफुले २० वटा म्याचमा ६ वटा रेड कार्ड पाएका थिए। उनको नाममा पहेँलो कार्ड छैन।

रातो र पहेँलो कार्डको तीनवटा 'प्याटर्न' हुन्छ। पहेँलो कार्ड, दुईवटा पहेँलो कार्ड (जुन रातो कार्ड पाएजस्तै हो) र रातो कार्डको प्रयोग गरिन्छ। रातो कार्ड पाएको खेलाडीले तत्काल मैदान छोड्नुपर्छ। ड्रेसिङ रुमतिर सोझिनुको विकल्प खेलाडीलाई हुँदैन।'सब्सिच्युट' गर्न पनि पाइँदैन।

वर्ल्डकपमा पाँचवटा कार्ड पाउनेमा ६ जना खेलाडीको नाम दर्ज छ। क्यामरुनका रिगोबर्ट सङ, अस्ट्रेलियाका टिम कहिल, अर्जेन्टिनाका डिएगो म्याराडोना, घानाका सुलि मुन्तरी, अर्जेन्टिनाका जाभियर माच्छेयानो, जर्मनीका लोथर म्याथारसले विश्वकपमा पाँचवटासम्म कार्ड पाएका थिए। चारवटा कार्ड पाउने २९ जना छन्।

बीबीसीका लागि मार्टिन विन्चले १० अगस्ट २०१३ मा लेखेका थिए, 'रातो र पहेँलो कार्डले रेफ्रीलाई आफ्नो निर्णय प्रस्ट पार्न सहयोग पुर्‍याएको छ। तर, खास खेल र परिस्थितिमा खास खेलाडीलाई कार्ड दिनु हुन्थ्यो कि हुँदैन भन्ने बारेमा अहिले पनि बहस हुने गरेको छ।'

अहिले विश्वकपको २१औं संस्करण चलिरहेको छ। यो वर्ल्डकपले पनि त्यस्तो इतिहास रच्न सकेन जहाँ कार्डको प्रयोग नै नभई खेल सकिएको होस्। पहेँलो कार्ड पाउनेको संख्या उकालो लागिरहेकै छ।

रातो र पहेँलो कार्डको तीनवटा 'प्याटर्न' हुन्छ। पहेँलो कार्ड, दुईवटा पहेँलो कार्ड (जुन रातो कार्ड पाएजस्तै हो) र रातो कार्डको प्रयोग गरिन्छ। रातो कार्ड पाएको खेलाडीले तत्काल मैदान छोड्नुपर्छ। ड्रेसिङ रुमतिर सोझिनुको विकल्प खेलाडीलाई हुँदैन।'सब्सिच्युट' गर्न पनि पाइँदैन। बस्, बाँकी रहेका खेलाडीले विपक्षी टिमसँग भिड्ने हो।

गोलकिपरले रेड कार्ड पायो भने के हुन्छ ? भित्रकै खेलाडीमध्ये कसैलाई गोल पोस्ट्को जिम्मा दिइन्छ ? पहिलेको गोलकिपरले मैदान छाडेपछि मैदानबाहिर राखिएको गोलकिपर 'सब्सिच्युट'का रूपमा खेल्छ।(विशेषगरी गोलकिपरले रेड कार्ड पाउनेबित्तिकै दुईवटा खेलाडी बाहिरिन्छन् र मैदानबाहिर रहेको गोलकिपर मैदानभित्र पस्छ)।रेड कार्ड पाइसकेपछि खेलाडीको एक खेल 'सस्पेन्ड' हुन्छ। अथवा, खेलाडीले ग्राउन्डमा कति दुव्र्यवहार गरेको छ भन्ने कुरामा पनि त्यो भर पर्छ।

रेफ्रीलाई रेड कार्ड देखाउनुपर्ने बाध्यता विभिन्न समयमा आइलाग्छ। गम्भीर 'फल' भयो भने अथवा मैदानमा कसैले झगडा गर्‍यो भने पनि रेड कार्ड देखाइन्छ। गोल हुने बललाई हातले छेक्दा, जानीजानी हातले बल समाउँदा, बल पाएपछि ढिलो गरी खेल सुरु गर्दा (जस्तो— किपरले लामो समयसम्म बल समातेर बसिरह्यो भने), अन्य खेलाडी र रेफ्रीको खिल्ली उडाउँदा÷जिस्क्याउँदा पनि रेड कार्ड देखाइन्छ।

रेड कार्ड पाइसकेपछि खेलाडीको एक खेल 'सस्पेन्ड' हुन्छ। अथवा, खेलाडीले ग्राउन्डमा कति दुव्र्यवहार गरेको छ भन्ने कुरामा पनि त्यो भर पर्छ।

वर्ल्डकप-इतिहासमा अहिलेसम्म ब्राजिलको भागमा ११ वटा रेड कार्ड परेको छ। त्यस्तै, अर्जेन्टिनाको भागमा १० वटा छ। उरुग्वेले नौवटा रेड कार्ड पाएको छ।३२ वर्षको वर्ल्डकप-इतिहासमा पहिलोपटक २०१८ को वर्ल्डकपमा खेल सुरु भएको चार दिनसम्म पनि कसैलाई रेड कार्ड देखाइएन। सन् १९९० देखि सुरुआती नौ खेलदेखि नै कसै न कसैले रेड कार्ड पाएकै थिए। तर, २०१८ को वर्ल्डकपमा इतिहास ब्रेक भयो।

सन् २०१४ को वर्ल्डकपमा एक सय ८७ वटा पहेँलो कार्ड र १० वटा रेड कार्ड प्रयोग भएको थियो। ब्राजिलियन खेलाडी नेमार पहेँलो कार्ड पाउने पहिलो खेलाडी थिए। कोस्टारिकाविरुद्धको खेलमा उनलाई कार्ड देखाइएको थियो। सन् २०१८ को वर्ल्डकप चल्दै गर्दा पहिलो पहेँलो कार्ड पाउने खेलाडीको सूचीमा अलेक्जान्द्रे गोलोभिनको नाम आइसकेको छ। मिडफिल्डर गोलोभिनले साउदी अरबसँगको खेलमा पहेँलो कार्ड पाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.