गाउँपालिका अध्यक्षलाई विप्लव कार्यकर्ताको मोसो
बझाङः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले मष्टा गाँपालिकाका अध्यक्ष कर्णबहादुर कठायतलाई दुव्र्यवहार गरेको छ । गाँउपालिका कार्यालयमा पुगेका विप्लव कार्यकर्ताको समूहले अध्यक्षलाई कार्यालय बाहिर निस्केको समयमा मोसो दलेका हुन् ।
विप्लव कार्यकर्ताहरुले कार्यालय बाहिर बोलाएपछि भष्टचारी अध्यक्ष भन्दै मोसो दलेका हुन् । अध्यक्षलाई मोसो दल्दा शिक्षक, वडाअध्यक्षसहितले प्रतिकार गर्दा विप्लवका कार्यकर्तासँग केहीबेर झडप भएको प्रत्यक्षदर्शी गाँउपालिका उपाध्यक्ष भगवती बोहराले जानकारी दिइन् ।
विप्लव ३० जना भन्दा बढी युवाहरुको समूह मष्टा गएका थियो । विप्लव कार्यकर्ताले अध्यक्षसँग विकास योजनाबाट पैसा मागेका थिए । उनीहरुले विकास योजनाहरु आफन्त र कार्यकर्तालाई दिएको अर्को आरोप पनि लगाएका छन् ।
अध्यक्ष कर्णले आफ्नो अपमान र मानवअधिकार हनन भएको बताउँदै यस्तो कार्य गुर्न गैरकानुनी र अपराधिक व्यवहार भएको गुनासो गरे । जनतालाई तर्साउने, जनप्रतिनधिलाई धम्क्याउने काम रोक्न विप्लवलाई सरकारले ठेगान लाउनुपर्ने अध्यक्षको भनाई छ ।
विप्लवका कार्यकर्ताले दुई दिनअघि साइपाल गाँउपालिकाका निमित्त कार्यकारी राधाकृष्ण जोशीलाई पनि मोसो दलेका थिए । विप्लव कार्यकर्ताले जिल्लामा अझै यस्तो गतिविधि बढाउने बताइरहेका छन् । विप्लवका कार्यकर्ताले जनप्रतिनिधिहरुले राजीनामा दिनुपर्ने दबाब दिएका छन् ।