विश्वकपको नकआउट चरणमा फरक बल

विश्वकपको नकआउट चरणमा फरक बल

मस्को : जारी विश्वकपको नकआउट चरणका खेल खेलाउन नयाँ बल प्रयोग गरिने भएको छ। 

प्रिक्वार्टरफाइनलदेखि ‘टेलस्टार १८ मेच्टा’ बल खेलाउन लागिएको विश्व फुटबल महासंघ (फिफा) ले जनाएको छ। रुसी भाषामा मेच्टाको अर्थ सपना वा महत्वाकांक्षा हुन्छ। समूहगत चरणमा भने फिफाले ब्राजिलमा प्रयोग गएिको ब्राजुका बल खेलाइएको थियो।

उक्त बल एडिडासले तयार पारेको हो। नकआउट चरणमा खेलाइने बलको रङसमेत फरक छ। हल्का र क्लासिक डिजाइनमा तयार पारिएको उक्त बललाई रुसको आधिकारिक रङमा ढालिएको फिफाले उल्लेख गरेको छ।

फिफाले विगतको तुलनामा यस पटकको बल निकै हलुङ्गो भएको पनि जनाएको छ। नकआउट चरणमा प्रयोग हुने बलमा सेतोमा रातो र केही कालो रङ मिसाइएको छ। यो रङ रुसको आधिकारिक रङबाट प्रभावित छ।

बलको मूल्य एक सय ६५ अमेरिकी डलर रहेको छ। अघिल्लो संस्करणको ब्रालुका बल पनि ब्राजिलको जीवनशैलीसँग गासिएको थियो।

ब्राजुकाले ब्राजेलियन इच्छा शक्तिको प्रतिक र चर्चित अमेजन नदीको समेत प्रतिनिधित्व गर्दछ। एडिडासलाई ब्राजुका बलको डिजाइन गर्न र बनाउन मात्र साँढे दुई वर्ष लागेको थियो। 

ब्राजुका बलमा रङ भने सेतो, हरियो, सुनौलो र कालो समावेश थिए। त्यसअघि सन् २०१० को विश्वकपका लागि एडिडासले जाबुलानी नामक बल तयार पारेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.