तामाकोशीको सेयर आह्वान मिति सच्याउन माग

तामाकोशीको सेयर आह्वान मिति सच्याउन माग

चरिकोट : दोलखालीका लागि आह्वान गरिएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयरमा मिति सच्याउन माग गरिएको छ । पुनर्निर्माणको कारण थलिएका दोलखालीमा रकम, मौसम र समयको प्रतिकुल अवस्था हुने भएका कारण अपर तामाकोसी हाइड्रो पावर लिमिटेडले आह्वान गरेको सेयरमा बहुसंख्यक दोलखाली छुट्ने भएकाले यस्तो माग गरेका हुन् । बुधबार नागरिक समाज र बिहीबार संयुक्त सेयर संघर्ष समितिले ज्ञापन पत्र र प्रेस विज्ञप्तिमार्फत मिति सच्याउन माग गरेका हुन् । आयोजनाले मंगलबार सार्वजनिक सूचना प्रकाशन गरी असार २४ देखि साउन ९ गतेसम्म सेयर आवेदन गर्न आह्वान गरेको थियो ।

बहुसंख्यक दोलखालीले आफ्नो बचतको ठूलो हिस्सा निजी आवास पुनर्निर्माणमा लगानी गरेको अवस्था, आर्थिक वर्षको अन्त्य, बैंक तथा वित्तीय संस्थाहरूको कारोबार स्थगितको समय, वर्षा, बाढीपहिरो र खेतीको मुख्य मौसममा सेयर आह्वान हुँदा स्थानीयको पहुँच नहुने भन्दै फाराम भर्ने मिति सच्याउनु पर्ने संयुक्त सेयर संघर्ष समितिका संयोजक बर्मा लामाले बताए ।

नागरिक समाज चरिकोटका प्रतिनिधिहरू, नेपाल पत्रकार महासंघ र अधिकारकर्मीले प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक र जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेलाई बुधबार मिति सच्याउन ज्ञापन पत्र बुझाए भने माथिल्लो तामाकोसी सेयर संयुक्त संघर्ष समितिले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै फाराम भर्ने मिति सार्न माग गरे । उनीहरूले सेयर निष्कासनको प्रक्रिया तत्कालका लागि स्थगित गर्न र केही समयपछि पुनः आह्वान गरी सबैको लगानी सुनिश्चित हुने वातावरण तयार पार्न आग्रह गरे ।

दोलखालीले पाउने सेयर दोलखालीद्वारा नै वर्षायाम सकिएपछि मात्रै निष्कासन गर्न र सेयर आवेदन दिने समय कम्तीमा एक महिनाको हुनुपर्ने माग गरेका छन् । यस्तै, जिल्लाका सबै स्थानीय सरकारका वडा तहसम्म बैंक तथा वित्तीय संस्थासँग साझेदारी गरी सोहीमार्फत सरल र सहज ढंगले सेयर आवेदन फारम भर्ने व्यवस्था मिलाएर मात्रै सेयर निष्कासन गर्न आग्रह गरिएको छ । जिल्लाबाहिर रहेका दोलखालीले पनि सोही स्थानबाट सेयर भर्ने व्यवस्था मिलाउनु पर्ने, सेयर आह्वान गर्नुपूर्व सेयर आवेदन भर्ने विधि र प्रक्रियाबारे आमसञ्चार माध्यममार्फत सर्वसाधारणलाई जानकरी गराउनुपर्ने संघर्ष समितिको माग छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.