विश्वकपमा ४० वर्ष पछिको जित

विश्वकपमा ४० वर्ष पछिको जित

मस्को : विश्वकप फुटबलको बिहीबार राति खेलिएको समूह ‘जी’ अन्तर्गतको खेलमा अफ्रिकी टोली ट्युनिसियाले पानामालाई २-१ गोलले हराएको छ । यी दुवै टोली यसअघि नै समूहगत चरणबाटै बाहिरिने निश्चित भइसके पनि पानामा विरुद्घको जित ट्युनिसियाका लागि निकै महत्वपूर्ण रह्यो । ट्युनिसियाले विश्वकप फुटबलमा ४० वर्षपछि पहिलो जित हासिल गरेको हो ।

ट्युनिसियाले सन् १९७८ मा पहिलोपटक विश्वकप खेलेको थियो । सोही विश्वकपमा ट्युनिसियाले बलियो प्रतिद्वन्द्वी मेक्सिकोलाई ३-१ गोलले हराएको थियो । त्यसयता विश्वकपमा ट्युनिसियाले गोल गर्न सकेको थिएन । सन् १९७८ मा मेक्सिकोलाई हराएपछि विश्वकपमा खेलिएको आफ्नो १३ वटा खेलमा ट्युनिसियाले जित हात पार्न सकेको थिएन । १३ मध्ये नौ खेलमा पराजित भएको ट्युनिसिया चार खेलमा भने बराबरीमा रोकिएको थियो । त्यसैले विश्वकपमा ट्युनिसियाको यो केवल दोस्रो जित हो ।

पानामाविरुद्घको खेलको ३३औं मिनेटमा यासिन मेरिहबाट आत्मघाती गोल भएपछि ट्युनिसिया दबाबमा परेको थियो । ५१औं मिनेटमा फाखरेद्दिन बेन युसेफले जवाफी गोल गर्दै ट्युनिसियालाई बराबरीमा फर्काएका थिए । प्रतिस्पर्धात्मक खेलको ६६औं मिनेटमा कप्तान वाहबी खाजरीले आकर्षक गोल गर्दै ट्युनिसियालाई विश्वकपमा ४० वर्षपछि जित दिलाएका हुन् ।

‘ट्युनिसियाका लागि यो निकै महत्वपूर्ण क्षण हो । निकै लामो समयपछि हामीले विश्वकपमा आफ्नो जित दर्ता गराएका छौं’, खेलपछि ट्युनिसियाका कप्तान बेन युसेफले भने । ट्युनिसियाका प्रशिक्षक नाबिल मालुलले पनि टोलीका लागि पानामाविरुद्घको जित गौरवको विषय भएको प्रतिक्रिया दिए । समूहगत चरणको आफ्नो पहिलो खेलमा ट्युनिसियालाई इङ्ल्यान्डले २-१ गोलले हराएको थियो दोस्रो खेलमा ट्युनिसियाको टोली बेल्जियमसँग ५-२ गोलले हारेको थियो ।

आफ्ना थुप्रै राम्रा खेलाडी घाइते भएका कारण विश्वकप सुरु हुनुअघि नै ट्युनिसिया दबाबमा थियो । घाइते भएका कारण डिफेन्डर डायलन ब्रोन टोलीमा थिएनन् भने सोही समस्याका कारण पहिलो र दोस्रो रोजाइका गोलरक्षक पनि विश्वकपमा अनुपस्थित थिए । पानामा भने सन् २००६ को विश्वकपछि समूहगत चरणका तीनवटै खेल हार्ने पहिलो टोली बनेको छ । सन् २००६ मा सर्विया र टोगोले समूहगत चरणका तीनवटै खेल हारेका थिए । यसैगरी रुसमा जारी विश्वकपको समूहगत चरणमा सहभागी ३२ वटै टोलीले कम्तीमा दुई÷दुई गोल गरेका छन् । विश्वकपको इतिहासमा यस्तो पहिलोपटक भएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.