माइतीघरमा प्रदर्शन गर्ने विवेकशील साझाका संयोजकसहित १० पक्राउ

माइतीघरमा प्रदर्शन गर्ने विवेकशील साझाका संयोजकसहित १० पक्राउ

काठमाडौं : राजधानीको माइतीघर मण्डलमा प्रदर्शन गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ। निषेधित क्षेत्रमा धर्ना बस्न लागेका विवेकशील साझा पार्टीका संयोजक उज्ज्वल थापासहित १० जना पक्राउ परेकाे महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ। पक्राउ परेका उनीहरूलाई सिंहदरबार वृत्तमा राखिएको छ। 

प्रदर्शनकारीहरू 'डा. गोविन्द केसी समर्थक समूह' को ब्यानरमा थिए। सरकारले साउन १ गतेदेखि विरोध प्रदर्शनका लागि निश्चित ठाउँ तोकेको थियो। राजधानी उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा तोकिएका ठाउँमा मात्र सभा र प्रदर्शन गर्न पाइने भएपछि सरकारी निर्णयको विरोध भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.