डा‍‍‌‍. केसीले भने, मेरो मुख बन्द गर्न सक्दैनौं

डा‍‍‌‍. केसीले भने, मेरो मुख बन्द गर्न सक्दैनौं

जुम्ला : सदरमुकामबाट अनसनस्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जाँदै गरेका डा. गोविन्द केसीलाई प्रहरीले बाटोमै रोकेपछि उनको अनसन प्रभावित बनेको छ। शुक्रबार कर्णाली प्रतिष्ठान, जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयबाट २ सय मिटर वरपर अनसन तथा आन्दोलन गर्न नपाइने भनेपनि डा. केसीलाई प्रहरीले त्यहाँ नपुग्दै रोकेको हो। 

जुम्लाको स्नोल्यान्ड होटलमा बसेका डा. केसीलाई प्रतिष्ठानतिर जाँदै गर्दा टुँडिखेलको माथिल्लो गेटमा प्रहरीले रोकेपछि तनावको स्थिति सिर्जना भएको छ। डा. केसीको समर्थनमा सयौंँ युवा र नागरिक समाजका सदस्य सडकमा निस्केका छन्। संसदमा विचाराधीन चिकित्सा विधेयक तोडमोड गरिएको भन्दै केसी शुक्रबार अनसनका लागि जुम्ला पुगेका थिए। 

प्रहरीले बाटोमै रोकेपछि केसीले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भने- ˊओलीजी अस्पताल प्रवेशमा रोक लगाउन सक्छौ । तर, मेरो मुख बन्द गर्न सक्दैनौ। मेरो नागरिक अधिकार हनन् किन ओली जी? कति दिन तानाशाही शासन चलाउँछौ?ʼ

बाटोमै अनसन बस्ने चेतावनी 

प्रतिष्ठान जान नदिए बाटोमै अनसन बस्ने डा. केसीले चेतावनी दिएका छन्। जुम्लाको टुँडिखेल तथा सदरमुकाम क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरीले सुरक्षा घेरा कडा पारेका छन्।

केसीको समर्थक स्थानीयवासीले अस्पताल जान दिनुपर्ने माग गरीरहेका छन्। केसीका समर्थकले पम्प्लेट जारी गर्दै विरोध जनाएका छन्।

'डा. केसीको आन्दोलनमा हाम्रो पूर्ण समर्थन छ। ओली सरकारको दमन बन्द गर। प्रतिष्ठानमा एमबीबीएस पढाई सुरु गर। डा. केसीमाथिको दमन कर्णालीमाथि हो ? निरंकुश ओली सरकार, नागरिक स्वतन्त्रता खोई ?' जस्ता नारा प्रदर्शनकारीले लगाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.