एउटाको डेरामा अर्कैको मृत्यु ..

एउटाको डेरामा अर्कैको मृत्यु ..

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सुडालको जीतपुरस्थित एक घरको डेरा कोठामा शनिबार एक युवक मृत फेला परेका छन्। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार स्थानीय दिनेश खड्काको दुईतले कच्ची घरको दोस्रो तलाको कोठामा स्थानीय ३६ वर्षीय उमेश कार्की मृत फेला परेका हुन्।

प्रहरीका अनुसार उक्त कोठामा राजेन्द्र चौधरी डेरा लिई बस्दै आएका थिए। परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले स्थानीयबाट खबर पाई घटनास्थल पुगेको प्रहरीले कार्की मृत अवस्थामा फेला पारेको जानकारी दिए। 

उनका अनुसार घटनाको अवस्था हेर्दा कार्कीको हत्या भएको हुनसक्ने आशंका गरिएको छ। डेरा लिई बस्दै आएका चौधरी सम्पर्कमा नभएकै कारण पनि कार्कीको हत्या भएको हुनसक्ने प्रहरीको भनाइ रहेको छ।

‘कार्कीको हत्या भएको हुनसक्ने भएकाले घटनामा संलग्न रहेका व्यक्तिहरूको तदारुकताका साथ खोजतलास गरेका छौं’, प्रनाउ पोखरेलले भने, ‘घटनास्थलमा केन्द्रीय प्रहरी कुकुर तालिम स्कुल महाराजगञ्जबाट तालिम प्राप्त कुकुरसमेत ल्याई अनुसन्धान कार्य जारी राखेका छौं।’ उनले घटनाका अनुसन्धान जारी रहेको बताए।

थप दुई युवाद्वारा आत्महत्या

त्यस्तै भक्तपुरमा दुई युवाले आत्महत्या गरेका छन्। भक्तपुर प्रहरीका अनुसार भक्तपुरको चाँगुनारायण नपा ५ छालिङका १४ वर्षीय राज चाकतूले शुक्रबार राती मुसा मार्ने विषादी सेवन गरी आत्महत्या गरेका छन्। 

विषादी सेवन गरी अचेत राजलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि मध्यपुर थिमीको गट्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल लगिएको प्रहरीले जनाएको छ। 

नागरिकले शुक्रबार राती नै काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पताल रिफर गरेकोमा त्यहीं उपचारको क्रममा उनको ज्यान गएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए। उनका अनुसार घटनाबारे थप अनुसन्धान कार्य भइरहेको छ।

त्यस्तै भक्तपुरको मध्यपुर थिमी नपा १ मनहरा खोलास्थित सुकुम्बासी बस्ती ब्लक नं. १ मा बस्ने २५ वर्षीय सुरज दियाली आफ्नै घरमा झुण्डिएर मृत अवस्थामा फेला परेका छन्।  भक्तपुर प्रहरीका अनुसार सुरज उनकै घरको कोठामा बासको दलिनमा नाइलनको डोरी घाटीमा पासो लगाई झुण्डिएको अवस्था फेला परेका थिए।

प्रहरीका अनुसार शव जाँच मुचुल्कापश्चात पोस्टमार्टमको लागि शनिबार नै काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल काठमाण्डौ पठाइएको छ। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.