सिम्रिक एयरको हेलिकोप्टर ठूलो दुर्घटनाबाट जोगियाे

सिम्रिक एयरको हेलिकोप्टर ठूलो दुर्घटनाबाट  जोगियाे

काठमाडौं : शनिबार दिउँसो सिम्रिक एयरलाइन्सको हेलिकोप्टर ठूलो दुर्घटनाबाट बचेको छ। राजधानीको ग्राण्डी इन्टरनेशनल अस्पतालको छतमा ल्याण्ड गर्ने क्रममा सिम्रिक एयरको ९एन एएलएमआर कलसाइनको हेलिकोप्टर दुर्घटनाबाट बचेको हो। 

विमानस्थलबाट अस्पताल पुगेको हेलिकोप्टर ल्याण्ड गर्ने क्रममा दुर्घटनाबाट जोगिएको हो। हेलिकोप्टर अस्पतालको छतमा ल्याण्ड गर्ने क्रममा चिप्लिएर तल्लो छतमा पुगेको छ। ग्राण्डीबाट चिकित्सकलाई लिएर चितवन जान हेलिकोप्टर अस्पताल पुगेको थियो।
 

यात्रु बिहिन हेलिकोप्टरका पाइलट सकुसल छन्। हेलिकोप्टरको पछाडिको भागमा सामान्य क्षति भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.