अर्जेन्टिनामाथि फ्रान्सको पेनाल्टी गोल
मस्को : रुस विश्वकप अन्तर्गत अर्जेन्टिना र फ्रान्सको खेलसँगै नकआउट चरणका खेल सुरु भएका छन्। पौने आठबाट फ्रान्स र अर्जेन्टिनाको खेल सुरु भएको हो।
खेल सुरु भएको १२ औं मिनेटमा पाएको पेनाल्टीलाई फ्रान्सका एन्टिनियो ग्रिजम्यानले उत्कृष्ट गोल गरेका हुन्। खेलको १३ औं मिनेटमा ग्रिजम्यानले गोल गरेसँगै अर्जेन्टिना १-० ले पछि परेको छ।
अर्जेन्टिना एक बराबरी र एक जित एक खेलमा पराजित हुँदै नकआउट चरणमा पुगेको हो। फ्रान्सले भने समूह चरणमा दुई जित र एक बराबरी खेलेको थियो। फ्रान्स समूह विजेता हो भने अर्जेन्टिना समूह उपविजेता हो।