दोस्रो हाफको पहिलो मिनेटमै अर्जेन्टिनाको गोल : फ्रान्स १, अर्जेन्टिना २
मस्को : रुस विश्वकप अन्तर्गत अर्जेन्टिना र फ्रान्सको खेल रोचक बनेको छ । पहिलो हाफमा एकएक बराबरी खेलेको अर्जेन्टिनाले दोस्रो हाफको पहिलो मिनेटमै २–१ को अग्रता लिएको हो । खेलको ४९ औं मिनेटमा मेसीको पासमा गाब्रियल मर्काडोले उत्कृष्ट गोल गरेका हुन् । पहिलो गोल खेलको ४२ औँ मिनेटमा मेसीकै पासमा डी मारियाले गरेका थिए ।