५८ मिनेटमा फ्रान्स र अर्जेन्टिनाको २-२ बराबरी
मस्को : रुस विश्वकप अन्तर्गत अर्जेन्टिना र फ्रान्सको खेल रोचक बनेको छ। पहिलो हाफमा एकएक बराबरी खेलेका अर्जेन्टिना र फ्रान्सले ५८ मिनेट खेल्दा २-२ बराबरी बनाएका हुन्।
दोस्रो हाफको पहिलो मिनेटमै अर्जेन्टिनाका लागि गाब्रियल मर्काडोले गोल गर्दै २-१ को अग्रता बनाएका थिए। तर, खेलको ५८ मिनेटमा ब्याञ्जामिन भाडले फ्रान्सका लागि उत्कृष्ट गोल गरेका हुन्।
पहिलो हाफको बराबरी तोड्दै खेलको ४९ औं मिनेटमा मेसीको पासमा गाब्रियल मर्काडोले उत्कृष्ट गोल गर्दै २-१ बनाएका थिए। त्यसको १० मिनेट बित्न नपाउँदै फ्रान्सले गोल फर्काएको हो। अर्जेन्टिनाका लागि पहिलो गोल खेलको ४२ औँ मिनेटमा मेसीकै पासमा डी मारियाले गरेका थिए।