७० मिनेट खेल्दा अर्जेन्टिना २, फ्रान्स ४
मस्को : रुस विश्वकप अन्तर्गत अर्जेन्टिना र फ्रान्सको खेल रोचक बनेको छ । पहिलो हाफमा एकएक बराबरी खेलेका अर्जेन्टिना र फ्रान्सले ७० मिनेट खेल्दा ४–२ को नतिजामा पुर्याएका छन् ।
पहिलो हाफमा १–१ बराबरी खेले पनि दोस्रो हाफमा अर्जेन्टिनाले लगातार गोल खाएको छ । दोस्रो हाफको पहिलो मिनेटमै अर्जेन्टिनाका लागि गाब्रियल मर्काडोले गोल गर्दै २–१ को अग्रता बनाएका थिए । तर, खेलको ५८ मिनेटमा ब्याञ्जामिन भाडले फ्रान्सका लागि उत्कृष्ट गोल गर्दै खेल २–२ मा पुर्याए ।
पहिलो हाफको बराबरी तोड्दै खेलको ४९ औं मिनेटमा मेसीको पासमा गाब्रियल मर्काडोले उत्कृष्ट गोल गर्दै २–१ बनाएका थिए । त्यसको १० मिनेट बित्न नपाउँदै फ्रान्सले गोल फर्काएको थियो । अर्जेन्टिनाका लागि पहिलो गोल खेलको ४२ औँ मिनेटमा मेसीकै पासमा डी मारियाले गरेका थिए ।
दोस्रो हाफमा फान्सले लगातार दुई गोल गर्दा अर्जेन्टिना दुई गोलले पछि परेको हो । फ्रान्सका लागि ६४ र ६८ मिनेटमा किलियन मबापे र ओलिभर गिराउन्ड गोल गर्दै खेल ४–२ को अन्तरमा पुर्याएको हो ।