विश्व कप: मेसीपछि रोनाल्डो पनि घर फर्किए, उरूग्वे २, पोर्चुगल १

विश्व कप: मेसीपछि रोनाल्डो पनि घर फर्किए, उरूग्वे २, पोर्चुगल १

सोची: विश्व कपको दोस्रो प्रि-क्वार्टर फाइनल अन्तर्गत शनिवार फिस्ट स्टेडियममा उरुग्वेले पोर्चुगललार्इ २-१ गोलले हराएको छ । यस जीतका साथ उरुग्वेले ८ वर्षपछि क्वार्टर फाइनलमा स्थान पक्का गरेको छ । 

क्वार्टर फाइनलमा उसको भेट अब ६ जुलाईमा फ्रान्ससँग हुनेछ । दुवै टीमबीच यो तेस्रो अन्तरराष्टिय भेट थियो । जसमा उरुग्वेले पहिलो जित निकाल्यो । यसअघि पोर्चुगलले १ जित र १ बराबरी खेलेको थियो। 

यस खेलमा रुग्वेका लागि एडिन्सन काभानीले ७ औँ र ६२ औँ मिनेटमा गोल गर्यो । काभानीले यस विश्वकपमा गोल संख्या ३ पुर्याएका छन्। अर्कातिर पोर्चुगलका लागि डिफेन्डर पेपेले ५५ औँ मिनेटमा गोल गरे । 

३० जुनमा भएको नकआउट स्टेजको भिडन्तमा १० गोल भएको छ । विश्व कपमा १९७० पछि पहिलो पटक यति धेरै गोल भएको हो । उरूग्वेले पनि खेलेको खेलबाट गोलसंख्या यति धेरै पुगेको हो ।

१९ जुन १९७० मा भएको दुर्इ सेमिफाइनल भिडन्तमा ११ गोल भएको थियो । यो खेल उरुग्वे र ब्राजिल, इटाली र तत्कालीन पश्चिम जर्मनीकोबीच भएको थियो । ब्राजिलले उरुग्वेलार्इ ३-१ र इटालीले तत्कालीन पश्चिम जर्मनीलार्इ ४-३ ले हराएको थियो।

मेसीपछि रोनाल्डो पनि फर्किए

विश्व कपको पहिलो प्रि-क्वार्टर फाइनलमा फ्रान्सले लियोनेल मेसीको टिम अर्जेन्टिनालार्इ ४-३ ले हराएर घर पठाएको थियो  । त्यसपछि दोस्रो प्रि-क्वार्टर फाइनलमा पोर्चुगलको हारपछि रोनाल्डोको पनि यस विश्वकपबाट यात्रा सकिएको  छ । 

दुवै टिमको पराजयपछि विश्वका सबैभन्दा उत्कृष्ट दुर्इ खेलाडी यस विश्वकपमा देखिने छैनन् । रोनाल्डोले चार खेलमाा चार गोल गरे । जसमा एक ह्याट्रिक पनि छ । अर्कातिर मेसीले ४ खेलमा १ गोल गर्न सके भने २ गोलका लागि अवसर मिलाए । 

उरूग्वे भन्दा पोर्चुगलको राम्रो खेल

टिम  

गोल प्रयास  

कर्नर

बल पोजेसन

पास

पास एक्युरेसी

पास

उरुग्वे 

 ६ 

३९ प्रतिशत

२७३ 

६८ प्रतिशत

पोर्चुगल

२०

१०

६८ प्रतिशत

५८८

८६ प्रतिशत

 

                             


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.