डार्क हर्स क्रोएसियाविरुद्ध डेनमार्क

डार्क हर्स क्रोएसियाविरुद्ध डेनमार्क

मस्को : रुस विश्वकपअन्तर्गत प्रिक्वार्टरफाइनलको चौथो खेलमा दुुई युुरोपियन टोली क्रोएसिया र डेनमार्क भिड्दै छन् । यो खेलबाट क्वार्टरफाइनल पुुग्ने चौथो टोलीको टुुंगो लाग्नेछ ।खेलअघि क्रोएसिया निकै बलियो देखिएको छ । क्रोएसिया रुस विश्वकपको समूहगत चरणमा जितको शतप्रतिशत नतिजा निकाल्ने मात्रै तीनमध्येको एक टोली हो ।

समूहगत चरणको खेलमा नाइजेरिया र आइसल्यान्डसहित अर्जेन्टिनालाई पनि पराजित गरेपछि क्रोएसियाले आफूलाई डार्क हर्स टोलीको रूपमा स्थापित गराएको छ । युुरोपेली ठूला क्लबसँग आबद्ध रहेका खेलाडीको साथ पाएको क्रोएसियाले समूहगत चरणको प्रदर्शनपछि आफूलाई उपाधिकै दाबेदार टोलीका रूपमा उभ्याएको छ ।

रियल म्याड्रिडका मिडफिल्डर लुुका भोड्रिचको नेतृत्वमा रहेको क्रोएसियालाई बार्सिलोनाका इभान राकिटिच, इभान पेरिसिचलगायतका अनुुभवी र क्षमतावान् खेलाडीको साथ छ । समूहगत चरणको खेलमा क्रोएसियाको रक्षापंक्ति पनि निकै सशक्त देखिएको छ । क्रोएसियाले विपक्षी टोलीविरुद्ध समूहगत चरणमा सात गोल गर्दा मात्रै एक गोल बेहोरेको छ । यही तथ्यले पनि डेनमार्कलाई क्रोएसियाको आक्रमण रोक्न मात्रै हैन, उसको रक्षापंक्तिलाई तोडेर गोल गर्न पनि मुुस्किल हुुने देखिएको छ ।

त्यसैले क्रिस्टियन इरिक्सनको टोली डेनमार्कलाई जितका लागि बलियो मानिएको क्रोएसियाको चुुनौती पार गर्न निकै मेहनत गर्नुुपर्ने देखिएको छ । डेनमार्कले त्यसका लागि कम्तीमा समूहगत चरणमा गरेको प्रदर्शनमा व्यापक सुुधार गर्न आवश्यक छ । डेनमार्कले समूह ‘सी’मा दुुई बराबरी र एक जितको नतिजा निकालेको थियो । पेरुलाई १–० ले पराजित गर्दा अस्टे«लियासँग १–१ र फ्रान्ससँग गोलरहित बराबरी खेलेको थियो ।

विश्वकप फुुटबलमा यी दुुई टोली पहिलोपटक आमुुन्ने सामुुन्ने हुुन लागेका हुुन् । क्रोएसिया र डेनमार्क दुुवै टोलीको यो पाँचौं विश्वकप सहभागिता हो । अघिल्ला चार सहभागितामध्ये क्रोएसियाले सन् १९९८ मा तेस्रो स्थान हात पारेको थियो । डेनमार्कले पनि सोही विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । यसपटक यी दुुवै टोलीले अघिल्ला उपलब्धिभन्दा अझ माथिको योजना बनाएका छन् । यद्यपि त्यसको सौभाग्य क्रोएसिया र डेनमार्कमध्ये एकलाई मात्रै प्राप्त हुुने छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.