विश्वकपमा अभागी अफ्रिका

विश्वकपमा अभागी अफ्रिका

मस्को : रुसमा जारी २१औं संस्करणको विश्वकप फुटबलअन्तर्गत शनिबारदेखि नकआउट चरणका खेल सुरु भएको छ । विश्वकपको सफलतासँगै समूह चरणबाट बाहिरिने देशको चर्चा र परिचर्चा भइरहँदा सिंगो महादेश नै बाहिरिएको खबर अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रमुख समाचार बनिरहेका छन् । युरोप र अमेरिकी महादेशको दबदबा देखिएको विश्वकपको नकआउट चरणमा एउटा पनि अफ्रिकी देश अटाउन सकेन ।

एसिया माहादेशबाट भने जापानले नकआउट चरणमा स्थान बनाएर साख जोगाएको छ । जापानले अन्तिम १६ मा स्थान बनाउँदा सिंगो अफ्रिका भने अभागी देखिएको छ । अफ्रिका ३६ वर्षपछि पहिलोपटक विश्वकपको समूह चरणबाटै बाहिरिएको हो । जापानले फेयर प्लेका आधारमा सेनेगललाई पछि पार्दै नकआउट चरणमा पुग्दा सेनेगल केवल दुईवटा पहेँलो कार्डले स्तब्ध बनेको थियो । समूह चरणबाट बाहिरिनु सेनेगलका लागि ऐतिहासक घटना बन्न पुगेको छ । एसियाली साख जोगाउन जापानलाई भने त्यही कम कार्डले काम गर्‍यो ।

सन् १९८२ पछि पहिलोपटक अफ्रिकी मुलुक समूह चरणबाटै घर फर्किएपछि अफ्रिकी मुलुक आइभोरी कोस्टका चर्चित खेलाडी डिडियर ड्रोग्वाले अफ्रिकी देशको खेल स्तर विगतको तुलनामा धेरै खस्किएको बताए । ‘विश्वकपमा अफ्रिकी देशको खेलस्तर पुगेन । हामी पहिलेको भन्दा एक कदम पछाडि छौं । अब अफ्रिकी देशहरूले फुटबल विकासका लागि नयाँ र उचित ढाँचा अपनाउनु पर्छ । नयाँ योजना र विकासका साथ अगाडि बढेमा अफ्रिकाले युरोपलाई चुनौती दिन पक्कै सक्नेछ’, ४० वर्षीय ड्रोग्वाले भने । खेलको स्तर नपुगेका कारण अफ्रिकी तीन देश इजिप्ट, मोरक्को र ट्युनिसिया समूह चरणको अन्तिम खेलअगाडि नै बाहिरिएको पनि ड्रोग्वाले बताए । ड्रोग्वाले तीनपटक विश्वकप खेलिसकेका छन् ।

इजिप्टलाई विश्वकपमा पुर्‍याउने महत्वपूर्ण खेलाडी मोहमद सलाह घाइते हुँदा इजिप्टको प्रदर्शन सोचेजस्तो बन्न सकेन । यसैगरी सेनेगलको हतियारका रूपमा हेरिएका साडियो माने पनि खासै चल्न सकेनन् । नाइजेरियाका लागि अर्जेन्टिनासँगको अन्तिम खेल सुखद रहेन । अन्तिम खेलमा अर्जेन्टिनासँग २-१ गोलले पराजित भएपछि नाइजेरिया बाहिरिन बाध्य बन्यो । सेनेगलका लागि पनि अन्तिम खेल दुर्भाग्य नै रह्यो । अन्तिम खेलमा कोलम्बियासँग १-० गोलले पराजित भएपछि सेनेगलले जापानसँगै बराबरी चार अंक बनाए पनि दुईवटा पहेँलो कार्ड बढी पाएको आधारमा बाहिरियो ।

एसियाबाट सहभागी पाँच देशमध्ये जापान वास्तवमै भाग्यमानी बन्यो । इरान, दक्षिण कोरिया, साउदी अरेबिया र अस्ट्रेलिया पनि समूह चरणबाटै घर फर्किए । नकआउट चरणमा पुग्नेमा युरोपबाट सर्वाधिक १० टोली रहे । उत्तर अमेरिकाबाट सहभागी तीनमध्ये मेक्सिकोले नकआउट यात्रा तय गर्‍यो । दक्षिण अमेरिकाबाट सहभागी पाँच देशमध्ये समूह चरण पार गर्नेमा ब्राजिल, उरुग्वे, अर्जेन्टिना र कोलम्बिया रहे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.