बक्सिङमा विभागीय खेलाडीको वर्चश्व

बक्सिङमा विभागीय खेलाडीको वर्चश्व

काठमाडौं : प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा विभागीय टोलीका खेलाडीको वर्चश्व देखिएको छ । प्रतियोगिताको ४९ केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबका सुशील थापा र एपीएफका आश तामाङ फाइनलमा पुगेका छन् । सेमिफाइनलमा सुशीलले एपीएफका प्रदीप महर्जनलाई हराए भने आशले कास्कीका विष्णु गौतमलाई पाखा लगाए ।

पुरुष ५२ केजीमा एपीएफका पुरन राई र कास्कीका दिनेश बानियाँ उपाधिका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा पुरनले झापाका सुरेन्द्र राई र दिनेशले झापाका जितेन्द्र राईलाई पराजित गरे । ६० केजी तौल समूहको सेमिफाइनलमा आर्मीका दानबहादुर दर्लामीले नक्सालका किशोर शर्मालाई र झापाका प्रकाश लिम्बूले कञ्चनपुरका रामबहादुर थापालाई हराए । ६४ केजी तौल समूहको पहिलो सेमिफाइनलमा आर्मीका नरेश थापा एपीएफका सोनम कार्कीलाई हराउँदै फाइनलमा प्रवेश गरे । अर्को सेमिफाइनलमा झापाका अविनय राईले आर्मीका बुद्धिसागर गुरुङलाई पराजित गर्दै नरेशसँगको भिडन्त पक्का पारे ।

६९ केजीमा आर्मीका रवि सुनुवारले आफ्नै क्लबका सन्दीप बेन्जुलाई हराए । अर्को सेमिफाइनलमा कास्कीका हेमराज राउतले काठमाडौंका सरियान्स प्रजापतिलाई पराजित गर्दै फाइनलमा स्थान बनाए ।

पुरुषकै ७५ केजीमा बानुजका कौशलजंग थापाले आर्मीका लाल आलेमगरलाई र आर्मीका किरणराज शाहीले दमकका प्रेम गुरुङलाई हराउँदै फाइनल भिडन्त पक्का गरे ।

८१ केजीमा कास्कीका दीपक सुनुवारले आर्मीका कृष्णसिंह धामीलाई हराए । अर्को सेमिफाइनलमा आर्मीका भूपेन्द्र सिंहले टीकाथलीका रवीन्द्र घिमिरेलाई हराए ।

प्रतियोगिताको महिला ४८ केजी तौल समूहको स्वर्णका लागि एपीएफका दुई खेलाडी आमनेसामने हुनेछन् । नन्जा बुढामगरले आर्मीकी सुमित्रा विकलाई हराइन् भने सावित्री तामाङले अल्फाका विमला थापामगरलाई पराजित गरिन् ।

५२ केजी तौल समूहको पहिलो सेमिफाइनलमा मकवानपुरकी सञ्जुमाया थिङले आर्मीकी आरती तामाङलाई हराइन् । यस्तै अर्को सेमिफाइनलमा एपीएफकी माला राईले आर्मीकी गीताकुमारी थापालाई हराउँदै फाइनलमा पुगिन् ।

५४ केजी तौल समूहमा आर्मीकी मीनु गुरुङ र काठमाडौंकी मीना घले फाइनलमा पुगेका छन् । मीनुले एपीएफकी नीता गोसाईंलाई हराइन् भने मीनाले दमककी चन्द्रकला राईलाई पराजित गरिन् ।

५७ केजीमा आर्मीकी चन्द्रकला थापाले एपीएफकी माया चौधरीलाई र नक्सालकी कुसुम तामाङले आर्मीकी मुना बम्जनलाई हराइन् ।

६० केजीमा आर्मीकी सबिना श्रेष्ठ दमककी सोममाया लिम्बूलाई हराइन् भने ६४ केजीमा आर्मीकी विनीता मगरले नक्सालकी अम्बिका विकलाई र एपीएफकी विनीता थापामगरले भक्तपुरकी सरू ब्यन्जूलाई हराउँदै फाइनलमा स्थान बनाइन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.