पूर्वविजेतालाई आयोजकको चुनौती

पूर्वविजेतालाई आयोजकको चुनौती

मस्को : रुस विश्वकपअन्तर्गत प्रिक्वार्टरफाइनल चरणको अर्काे रोमाञ्चक खेलमा आइतबार पूर्वविजेता स्पेनले आयोजक रुससँग प्रतिस्पर्धा गर्दै छ । स्पेन र रुसबीचको यो प्रतिस्पर्धा केही फरक हुने निश्चित छ । सन् २०१० को उपाधि विजेता स्पेन अहिले पनि उपाधिको बलियो दाबेदार टोली हो । त्यसभन्दा फरक रुस आफ्नो घरमै खेल्दैछ । उसलाई घरेलु मैदान र दर्शकको महत्वपूर्ण साथ रहेको छ ।

त्यसैले बलियो स्पेनलाई आइतबारको खेलमा घरेलु दर्शकको भव्य साथसहित रुसले बलियो चुनौती पेस गर्ने अपेक्षा गरिएको छ । प्रतियोगिताको समूहगत चरणको खेलमा यी दुवै टोलीले सशक्त प्रदर्शन गरेका छन् । यद्यपि स्पेनले अपराजित रहँदै समूह ‘बी’को विजेता टोलीका रूपमा अन्तिम १६ को यात्रा तय गर्दा रुसले भने अन्तिम खेलमा उरुग्वेसँग पराजय बेहोर्दै समूह ‘ए’को उपविजेता टोलीको हैसियतमा स्पेनसँगको भेट पक्का गरेको हो ।

सन् १९८६ यता विश्वकपको समूहगत चरण पार गर्न नसकेको रुसले यसपटक त्योभन्दा माथिको लक्ष्य बनाएको छ । सन् १९६६ मा चौथो स्थान हात पारेको रुस पहिलोपटक आफैंले आयोजना गरेको विश्वकपको उपाधि घरमै राख्न चाहन्छ । त्यसका लागि रुसलाई असम्भव देखिएको पहाड छिचोल्नुपर्ने बाध्यता हुनेछ । स्पेनले आफ्नो पछिल्लो २३ खेलयता कुनै पनि खेलमा पराजय बेहोरेको छैन । स्पेन अपराजित रहेको यो धेरै लामो अवधि हो ।

सन् २०१६ मा भएको युरोकपमा आयोजक फ्रान्ससँग पराजित भएयता स्पेनले कुनै पनि टोलीलाई जित्न दिएको छैन । युरोपका ठूला क्लबहरूमा स्थापित युवा खेलाडी लिएर रुस आइपुगेको स्पेनिस टोली कुनै पनि चुनौतीका लागि तयार देखिएको छ । निवर्तमान प्रशिक्षक जुलेन लोपेटेगुईलाई रुस विश्वकप सुरु हुनु दुई दिनअघि मात्रै बर्खास्त गरेपछि टोलीमाथि त्यसको असर परेको हुनसक्ने अनुमान गरिएको थियो । यद्यपि समूहगत चरणको अघिल्लो तीन खेलले त्यो आशंका लगभग मेटाएको छ ।

आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई ५-० र दोस्रो खेलमा इजिप्टलाई ३-१ गोलले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको रुस अन्तिम खेलमा भने उरुग्वेसँग ३-० ले पराजित हुन पुग्यो । त्यही पराजयले प्रतियोगितामा रुस उपाधिसम्म पुग्नेमा शंका उब्जाइदिएको छ । विश्वकप फुटबलमा यी दुई टोली पहिलोपटक भिड्न लागेका हुन् । यद्यपि विश्वकपभन्दा बाहिर भएका अन्य ६ प्रतिस्पर्धाको नतिजाले भने स्पेनलाई बलियो देखाएकोछ । स्पेनले ६ मध्ये कुनै पनि खेलमा पराजय बेहोरेको छैन । स्पेनले चार खेलमा जित हात पारेको छ भने दुई खेल बराबरीमा सकिएको छ ।

विगतमा दुई टोली

कुल खेल : ६

स्पेन विजयी : ४

रुस विजयी : ०

बराबरी : २

समूहगत चरणमा स्पेन

पोर्चुगलविरुद्ध ३-३ गोलको बराबरी

इरानविरुद्ध ०-१ गोलले विजयी

मोरक्कोविरुद्ध २-२ गोलको बराबरी

समूहगत चरणमा रुस

साउदी अरेबियाविरुद्ध ०-५ गोलले विजयी

इजिप्टविरुद्ध १-३ गोलले विजयी

उरुग्वेविरुद्ध ०-३ गोलले पराजित


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.