विश्वकप  : आजका खेलमा प्रभाव पार्न सक्ने खेलाडी

विश्वकप  : आजका खेलमा प्रभाव पार्न सक्ने खेलाडी

इभान राकिटिच (क्रोएसिया)

इभान राकिटिच क्रोएसियाका महत्वपूर्ण खेलाडी हुन् । समूहगत चरणमा क्रोएसियालाई तीनमध्ये तीनै खेलमा जितसहित प्रिक्वार्टरफाइनल चरणमा पुर्‍याउन उनै राकिटिचले उत्कृष्ट प्रदर्शन गरेका थिए । राकिटिच यस्ता खेलाडी हुन्, जो मिडफिल्डबाट खेलेर नियमित रूपमा गोल गरिरहन्छन् । क्रोएसियाको टोलीको मिडफिल्डमा उनले कप्तान लुका मोड्रिचसँग निकै राम्रो तालमेल देखाउँदै आएका छन् ।

 त्यही कारणले जारी प्रतियोगितामा क्रोएसिया उपाधिको दाबेदारमध्येको टोली बनेको छ । समूहगत चरणमा क्रोएसियाले बलियो अर्जेन्टिनालाई ३-० ले पराजित गर्दा राकिटिचले पनि एक गोल गरेका थिए । प्रतियोगितामा क्रोएसियाले यसपटक उपाधिको बलियो दाबेदारी प्रस्तुत गर्दा राकिटिचकै भूमिका महत्वपूर्ण हुने देखिएको छ । स्पेनी टोली बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आइरहेका राकिटिच अनुभवका आधारमा पनि टोलीका मुख्य खेलाडी हुन् । अघिल्ला केही महत्वपूर्ण प्रतियोगितामा टोलीका लागि उनको योगदान त्यति उल्लेखनीय बन्न सकेको छैन । 

सन् २००८ को युरोकपमा उनै राकिटिचले पेनाल्टी प्रहार चुकाउँदा क्रोएसिया टर्कीसँग पराजित हुँदै क्वार्टरफाइनलबाटै बाहिरिएको थियो । सन् २०१२ को युरोकप र सन् २०१४ को विश्वकपमा पनि टोलीका लागि उनको योगदान गतिलो देखिएको थिएन । रुस विश्वकपको समूहगत चरणमा भने क्रोएसियाको सफलतामा उनको निर्णायक योगदान देखिँदै आएको छ । त्यसैले आगामी खेलमा पनि उनै राकिटिचले यस्तै योगदान पुर्‍याउँदा क्रोएसिया पहिलोपटक विश्वकप फुटबलको उपाधिसम्म पुग्ने अनुमान गरिएको छ । क्रोएसियाले सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा तेस्रो स्थान हात पार्नुबाहेक त्योभन्दा माथिको सफलता हात पार्न सकेको छैन । सन् २००७ देखि राष्ट्रिय टोलीबाट खेल्न थालेका राकिटिचले अहिलेसम्म ९५ खेलबाट १५ गोल गरेका छन् ।

डेभिड सिल्भा (स्पेन)

स्पेनिस राष्ट्रिय टोलीको ‘गोल्डेन जेनेरेसन’का महत्वपूर्ण सदस्य हुन्, डेभिड सिल्भा । उनले पछिल्ला केही वर्षयता टोलीको ठूला सफलतामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेका छन् । स्पेनले सन् २००८ र २०१२ को युरोकपसहित सन् २०१० को विश्वकपको उपाधि जित्दा सिल्भाको पनि महत्वपूर्ण योगदान रहेको छ । स्पेन अघिल्लो संस्करणको विश्वकपमा भने समूहगत चरणबाटै बाहिरियो । साविक विजेताको हैसियतमा प्रतियोगिता खेल्न ब्राजिल पुगेको स्पेन समूहगत चरणभन्दा माथि जान सकेन ।

 त्यसले स्पेनिस फुटबलको साख गिराउने काम गर्‍यो । त्यही गिरेको साख जोगाउन स्पेनले यसपटक उपाधि जित्ने योजना बनाएको छ । टोलीको त्यही योजनाको महत्वपूर्ण सदस्य हुन् सिल्भा । मिडफिल्डबाट खेल्दै स्ट्राइकरलाई नियमित रूपमा अवसर सिर्जना गरेर सहयोग पुर्‍याउने सिल्भा आफैं पनि गोल गर्न सक्षम देखिन्छन् । देब्रे खुट्टाले बल प्रहार गर्न माहिर सिल्भा प्राविधिक रूपमा निकै सशक्त खेलाडी हुन् ।

 टोलीको कुनै पनि प्राविधिक निर्देशनमा उनी नै खरो उत्रने गर्छन् । त्यसले गर्दा पनि टोलीको पछिल्लो सफलतामा उनी छुटेका छैनन् । इङ्लिस क्लब म्यानचेस्टर सिटीसँग अनुबन्ध रहेका सिल्भासँग क्लब र राष्ट्रिय टोलीबाट प्रतिस्पर्धा गर्दाको प्रशस्तै अनुभव छ । उनको त्यही अनुभवले पनि टोलीलाई सफलतातर्फ डोहोर्‍याउन सक्ने छ । राष्ट्रिय टोलीबाट आफ्नो खेल जीवनको अन्त्यतिर आइपुगेकाले सिल्भा आफैं पनि रुस विश्वकपलाई अविस्मरणीय बनाउन चाहन्छन् । उनले आफ्नो त्यही इच्छा पूरा गर्दा स्पेनले रुस विश्वकपको उपाधि जित्न पनि सक्ने छ । सन् २००६ बाट स्पेनिस राष्ट्रिय टोलीबाट खेल्दै आइरहेका सिल्भाले अहिलेसम्म एक सय २४ खेल खेल्दै ३५ गोल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.