कश्मीरमा भीषण बाढी
श्रीनगर : भारत प्रशासित कश्मीर भीषण वर्षापछि बाढीले डुबानमा परेको छ । यहाँका नदी र खोलामा पानीको स्तर खतराको तहभन्दा माथि रहेको छ ।
संगम, राम मुन्शीबाग र आशम क्षेत्रमा जलस्तर निकै खतरनाक भएको बताइएको छ । झेलम नदी र उसका सहायक नदीमा निकै शक्तिशाली बाढी आएपछि राज्यपालले त्यहाँका अधिकारीलाई सतर्क अवस्थामा रहन निर्देशन दिएका छन् ।
राज्यभर शनिवार सम्पूर्ण शैक्षिक संस्था बन्द्य गरिएका थिए । श्रीनगर, अनन्तनाग, पुलवामा, कुलगामक्षेत्रका बान्दिालाई अन्यत्र सारिएको छ ।