उत्कृष्ट सामुदायिक विद्यालयलाई रोटरी सम्मान

उत्कृष्ट सामुदायिक विद्यालयलाई रोटरी सम्मान

भक्तपुर : माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७४ मा जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालय मेधा माध्यमिक विद्यालयलाई रोटरी क्लब अफ भक्तपुरले सम्मान गरेको छ। रोटरी क्लब अफ भक्तपुरको १५ औं पदस्थापन कार्यक्रममा गएको वर्षदेखि एसईई परीक्षामा सत प्रतिशत नतिजा निकाल्न सफल मेधालाई यस वर्षको शिक्षातर्फ रोटरी सम्मान प्रदान गरिएको हो।

रोटरी क्लब इन्टरनेसनल नेपालका डिस्ट्रिक्ट गभर्नर चिन्तामणि पोखरेलले मेधा माविका प्रधानाध्यापक गंगाधर हाडालाई सम्मानपत्र वितरण गरेका थिए।मेधाले प्राप्त गरेको सफलतामा साथ दिन रोटरीले विद्यालय परियोजनाअन्तर्गत उक्त विद्यालयमा भवनसमेत निर्माण गरिदिने भएको छ।

यसका लागि नक्साको डिजाइन गरी नगरपालिकाबाट पास गराउने प्रक्रियामा रहेको छ।एसईई २०७४ मा मेधाका ३८ विद्यार्थीमध्ये ११ जना ए प्लस, २१ जना ए र ६ जना बी प्लसमा उत्तीर्ण भएका थिए।

'रोटरीको उद्देश्य पछ्याऊ'

कार्यक्रममा डिस्ट्रिक्ट गर्भनर भट्टराईले रोटरी विश्वमै सामाजिक एवं मानवीय सेवामा अब्बल संस्था भएकोले यसको उद्देश्यहरु पछ्याउन सबै रोटरीमा आवद्धहरुलाई आह्वान गरे।समाजमा सकारात्मक परिवर्तन गर्ने रोटरीको मुख्य उद्देश्यले नै यसले आफ्नो उत्कृष्टता हाँसिल गर्दै आएको उनको भनाइ थियो।

'रोटरीमा आवद्ध भएकाहरु समुदायको आवश्यकता र माग पहिचान गर्ने कुशलता हुनैपर्छ', डिस्ट्रिक्ट गर्भनर भट्टराईले भने, 'समाज परिवर्तनको छाललाई हामीले धेरैभन्दा धेरै समुदायमा फैलाउनुपर्छ।'
उनले नेपालमा सुशासन कायम हुन नसक्दा आर्थिक अनियमितता, घूस लिने र दिने तथा व्यक्तिगत स्वार्थपूर्ति गर्ने प्रवृत्तिले जरा गाडेर बसेको सुनाए।यस्तो अवस्थमा सुशासनमार्फत समाज परिवर्तनमा सघाउ पुर्‍याउन रोटरियनहरु अग्रपंक्तिमा उभिनुपर्ने उनको जोड थियो।

कार्यक्रममा डिस्ट्रिक्ट गर्भनर भट्टराई भक्तपुर रोटरीका नवनिर्वाचित अध्यक्ष राजकुमार सुवाललाई पद तथा गोपनीयताको सपथ गराएका थिए।त्यस्तै निवर्तमान अध्यक्ष केशव दिवाकरले रोटरी अध्यक्षको माला, ब्याच, माइन्यूटलगायत हस्तान्तरण गरे।

नवनियुक्त अध्यक्ष सुवालले पनि आफ्ना बोर्ड सदस्यलाई पद तथा गोपनीयताको सपथ खुवाए। सुवाल अध्यक्ष रहेको बोर्डमा उपाध्यक्षमा उदयराम श्रेष्ठ, सचिवमा शिशिर वाग्ले र कोषाध्यक्षमा गंगादेवी अवाल रहेका छन्।

त्यस्तै रोटरीको विधानअनुसार भावी अध्यक्षमा भानु जोन्छे, भावी अध्यक्षको उम्मेदवारमा भवानी घिमिरे र निर्देशकहरुमा कृष्णेश्वरी हाडा, भूपराज कोइराला, नीलकृष्ण ताम्राकार, सुन्दरप्रताप राणा, श्रीशंकर प्रधानाङ तथा ओमकृष्ण श्रेष्ठ रहेका छन्। त्यस्तै सचेतकमा विनिता हाडा, क्लव प्रशिक्षकमा प्रा.डा. उत्तमकृष्ण कर्माचार्य र क्लव मेन्टरमा रवीन्द्र पुरी रहेका छन्। भक्तपुर रोटरीमा ३१ जना सदस्य रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.