भक्तपुर अस्पतालमा हाई केयर युनिट सुरु

भक्तपुर अस्पतालमा हाई केयर युनिट सुरु

भक्तपुर : भक्तपुरकै जेठो भक्तपुर अस्पतालले हाई केयर युनिट सुरु गरेको छ। आईसीयू सञ्चालन गर्ने पूर्वाभ्यासअन्तर्गत अस्पतालले आइतबारदेखि तीन शैयाको हाईकेयर युनिट सञ्चालनमा ल्याएको हो।

अस्पतालको ११४ औं वार्षिकोत्सवको अवसर पारेर उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आइतबार उक्त युनिटको उद्घाटन गरेका हुन्। उक्त अवसरमा उपप्रधानमन्त्री यादवले अस्पतालका आईसीयू सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले आवश्यक उपकरण एवं जनशक्ति उपलब्ध गराउने जानकारी दिए।

उनले अस्पताललाई एक महिनाभित्र एम्बुलेन्ससमेत उपलब्ध गराइने बताए। ‘भक्तपुरकै जेठो अस्पतालमा एम्बुलेन्स छैन भन्दा पत्याउन गार्‍हो भयो। कस्तो कस्तो लाग्यो’, उपप्रधानमन्त्री यादवले भने, ‘यहाँ एम्बुलेन्स छैन भन्दा को पत्याउँछ तर सत्यता यही रहेछ। त्यसैले अर्को महिनाभित्र अस्पतालले एम्बुलेन्स पाउँछ।’

अस्पतालमा एम्बुलेन्स नभएको भने होइन। मर्मत गर्न नसकेर अस्पतालले एम्बुलेन्स थन्काएपछि नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले उक्त जीर्ण एम्बुलेन्स मर्मत गरेर सञ्चालनमा ल्याएको थियो। तर पुरानो मोडेलको भएकाले रेडक्रसले पनि धेरै समय उक्त एम्बुलेन्स उपयोग गर्न सकेन।

उपप्रधानमन्त्री यादवले भक्तपुर अस्पताललाई रुपान्तरण गरी अघि बढाउन सबैसँग आह्वान गरे। देश संघ, प्रदेश र स्थानीय सरकार गरी तीन तहमा गइसकेकाले स्थानीय सरकारलाई बढी जिम्मेवार बन्न उनले जोड दिए।

‘भक्तपुर अस्पताललाई रुपान्तरण गर्न भक्तपुर नगरपालिका बढी जिम्मेवार हुनुपर्छ’, उनले भने, ‘यसो भनिरहँदा केन्द्र सरकारले सहयोग रोक्दैन।’ भक्तपुर अस्पतालमा स्वास्थ्य मन्त्रालय र बेलायत सरकारको सहयोग निकाय डीएफआईडीको २५ करोड रुपैयाँ लागतमा पुराना भवनलाई रेक्ट्रोफिटिङ गर्दै एउटा नयाँ अत्याधुनिक भवन बनाउने भएको छ। दुई वर्षभित्र पूरा हुने उक्त योजनापछि भक्तपुर अस्पतालको कायाँपलट हुने अस्पताल विकास समितिका अध्यक्ष प्रेमबहादुर खड्काले स्पष्ट गरे।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल र भक्तपुर नपाका मेयर सुनिल प्रजापतिले भक्तपुरलाई हब अस्पतालको रुपमा विकास गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए। भक्तपुर अस्पताल परिसरमा रहेका सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पताल रहेका छन्।
  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.