रुस र स्पेनको खेल पौने आठमा: डेभिड सिल्भाको प्रभाव कस्तो ?

रुस र स्पेनको खेल पौने आठमा: डेभिड सिल्भाको प्रभाव कस्तो ?

मस्को : रुस विश्वकप अन्तर्गत अन्तिम १६ को तेस्रो खेलमा आइतबार पौने आठ बजे आयोजक राष्ट्र रुस र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ। रुस उद्घाटन खेलमा साउदी अरेबियालाई ५-० ले पराजित गर्दै चर्चामा आएको टिम हो। दोस्रो खेलमा इजिप्टलाई पराजित गर्दै दुई खेलबाट ६ अंक जोडेको रुस एक खेल खेल्न बाँकी हुँदै अन्तिम १६ मा प्रवेश गरेको थियो। 

यद्यपी अन्तिम खेलमा उरुग्वेसँग पराजित हुँदै रुस समूह ए को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो। अन्तिम १६ मा समूह बीको विजेता स्पेनसँग रुसले भेट पक्का गरेको हो।स्पेनसँगको आजको खेललाई रुसले गर या मरको रुपमा लिएको छ। 

यहाँ रुसको भन्दा पनि स्पेनको खेलमा प्रभाव पार्न सक्ने खेलाडीको चर्चा हुँदै छ। स्पेनिस राष्ट्रिय टोलीको ‘गोल्डेन जेनेरेसन’का महत्वपूर्ण सदस्य हुन्, डेभिड सिल्भा। उनले पछिल्ला केही वर्षयता टोलीको ठूला सफलतामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेका छन्।

स्पेनले सन् २००८ र २०१२ को युरोकपसहित सन् २०१० को विश्वकपको उपाधि जित्दा सिल्भाको पनि महत्वपूर्ण योगदान रहेको छ। स्पेन अघिल्लो संस्करणको विश्वकपमा भने समूहगत चरणबाटै बाहिरियो। साविक विजेताको हैसियतमा प्रतियोगिता खेल्न ब्राजिल पुगेको स्पेन समूहगत चरणभन्दा माथि जान सकेन।

त्यसले स्पेनिस फुटबलको साख गिराउने काम गर्‍यो। त्यही गिरेको साख जोगाउन स्पेनले यसपटक उपाधि जित्ने योजना बनाएको छ। टोलीको त्यही योजनाको महत्वपूर्ण सदस्य हुन् सिल्भा। मिडफिल्डबाट खेल्दै स्ट्राइकरलाई नियमित रूपमा अवसर सिर्जना गरेर सहयोग पुर्‍याउने सिल्भा आफैं पनि गोल गर्न सक्षम देखिन्छन्। देब्रे खुट्टाले बल प्रहार गर्न माहिर सिल्भा प्राविधिक रूपमा निकै सशक्त खेलाडी हुन्।

 टोलीको कुनै पनि प्राविधिक निर्देशनमा उनी नै खरो उत्रने गर्छन्। त्यसले गर्दा पनि टोलीको पछिल्लो सफलतामा उनी छुटेका छैनन्। इङ्लिस क्लब म्यानचेस्टर सिटीसँग अनुबन्ध रहेका सिल्भासँग क्लब र राष्ट्रिय टोलीबाट प्रतिस्पर्धा गर्दाको प्रशस्तै अनुभव छ। उनको त्यही अनुभवले पनि टोलीलाई सफलतातर्फ डोहोर्‍याउन सक्ने छ। 

राष्ट्रिय टोलीबाट आफ्नो खेल जीवनको अन्त्यतिर आइपुगेकाले सिल्भा आफैं पनि रुस विश्वकपलाई अविस्मरणीय बनाउन चाहन्छन्। उनले आफ्नो त्यही इच्छा पूरा गर्दा स्पेनले रुस विश्वकपको उपाधि जित्न पनि सक्ने छ। 

सन् २००६ बाट स्पेनिस राष्ट्रिय टोलीबाट खेल्दै आइरहेका सिल्भाले अहिलेसम्म एक सय २४ खेल खेल्दै ३५ गोल गरेका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.