आत्माघाती गोल गरेको रुसले स्पेनविरुद्ध गोल फर्कायोः पहिलो हाफमा १–१ बराबरी
मस्को : रुस विश्वकप अन्तर्गत आइतबारको स्पेनविरुद्धको खेलमा स्पेनको अग्रतालाई रुसले ४१ मिनेटमा बराबरीमा रोकेको छ। १२ औँ मिनेटमा आत्माघाती गोल गरेको रुसले ४१ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै १-१ को बराबरी बनाएको हो। रुसको डि बक्सभित्र स्पेनका डिफेन्डर जेरार्ड पिकेले ह्यान्ड गरेपछि रुसले पेनाल्टी पाएको हो। पेनाल्टीलाई रुसका आर्टिम ज्युवाले सुन्दर गोलमा परिणत गरेका हुन्।
यसअघि सर्गी इग्नासेभिचले स्पेनका आसेन्सियोले प्रहार गरेको प्रिकिकको बल क्लियर गर्न खोज्दा आत्मघाती गोल भएको थियो। रुसले स्पेनका खेलाडीलाई डी बक्स नजिकै लडाएपछि १२ मिनेटमा फ्रिकिक पाएको थियो।
रुस उद्घाटन खेलमा साउदी अरेबियालाई ५-० ले पराजित गर्दै चर्चामा आएको टिम हो। दोस्रो खेलमा इजिप्टलाई ३-१ ले पराजित गर्दै दुई खेलबाट ६ अंक जोडेको रुस एक खेल खेल्न बाँकी हुँदै अन्तिम १६ मा प्रवेश गरेको थियो।
यद्यपी अन्तिम खेलमा उरुग्वेसँग पराजित हुँदै रुस समूह ए को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो। अन्तिम १६ मा समूह बीको विजेता स्पेनसँग भेट पक्का गरेको हो।
स्पेन सन् २०१० विश्वकप विजेता हो। रुस विश्वकपको पहिलो खेलमा पोर्चुगलसँग ३(३ बराबरी खेलेको स्पेनले दोस्रो खेलमा इरानलाई १० ले पराजित गरेको थियो। तेस्रो खेलमा भने मोरक्कोसँग २(२ को बराबरी खेल्दै समूह बीको स्पेन समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो।