अस्ट्रेलियन डलर अभाव

अस्ट्रेलियन डलर अभाव

काठमाडौं : बजारमा अस्ट्रेलियन डलर चरम अभाव भएको छ। अस्ट्रेलियाबाट डलर नआएपछि बजारमा अभाव देखिएको हो। पछिल्लो समय नेपालबाट अमेरिका जाने विद्यार्थीको संख्या बढेसँगै डलरको माग बढेको छ। मागअनुसार आपूर्ति हुन नसक्दा राष्ट्र बैंक र निजी बैंक अस्ट्रेलियन डलर दिन नसक्ने अवस्थामा पुगेका छन्।

‘अस्ट्रेलियाबाट डलर आउँदैन’, राष्ट्र बैंकको थापाथली कार्यालयका अधिकृत झलक आचार्यले भने, ‘सर्वसाधारणलाई अहिले अस्ट्रेलियन डलर दिन सक्ने अवस्थामा राष्ट्र बैंक छैन।’ अस्ट्रेलियाबाट आउने मानिसले डलर बोकेर नआइ कार्डको प्रयोग गर्ने भएकाले पनि नेपालमा डलर अभाव भएको हो।

विश्वभरनै अमेरिकी डलर चलनचल्तीमा रहेकाले सर्वसाधारणलाई सोही डलर प्रयोग गर्न उनले सुझाए। उनले भने, ‘रातो र निलो पासपोर्टवाला उच्च पदाधिकारी र सरकारी काम कारबाहीमा जाने मानिसका लागि केही डलर सञ्चित राखिएको भए पनि सर्वसाधारणलाई अस्ट्रेलियन डलर उपलब्ध गराउन सक्ने अवस्थामा राष्ट्र बैंक छैन।’

अहिले राष्ट्र बैंकमा ७० हजार हाराहारीमा अस्ट्रेलियन डलर स्टक छ। यो स्टक सर्वसाधारणको प्रयोगका लागि नभइ विशिष्ट व्यक्तिलाई राखिएको हो। नेपालबाट अस्ट्रेलिया भ्रमणमा जाने विशिष्ट व्यक्तिले जुनसुकै बेला माग गर्न सक्ने भएकाले यस्तो स्टक राखिएको हो।

राष्ट्र बैंकले आवश्यक ठानेमा उक्त डलर ल्याउन सक्ने अधिकृत आचार्यले बताए। ‘यस विषयमा सोमबार बस्ने राष्ट्र बैंकको बैठकमा राख्ने समेत उनले जानकारी दिए। ‘यदि आवश्यकता महसुुस गरियो भने अस्ट्रेलियन डलर ल्याउन सकिनेछ। अहिलेसम्म अस्ट्रेलियन डलर नल्याएको समेत उनले जानकारी दिए। बजारमा आपूर्तिभन्दा माग बढी हुँदा अस्ट्रेलियन डलर अभाव भएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए।


पछिल्लो समय नेपालबाट अमेरिका जाने विद्यार्थीको संख्या बढेसँगै डलरको माग बढेको छ।

‘हामीले अस्ट्रेलियन डलर साट्न आउने ग्राहकलाई अमेरिकन डलर लैजान सल्लाह दिइरहेका छौं’, उनले भने। विश्व बजारमा अस्ट्रेलियन डलरभन्दा अमेरिकन डलर बढी चलनचल्तीमा आउने भएकाले पनि यसको त्यति आवश्यकता महसुस नगरिएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए। ‘वैदेशिक व्यापारमा अमेरिकी डलर चल्ने भएकाले पनि सबै करेन्सी पर्याप्त हुनुपर्छ भन्ने छैन’,उनले भने, ‘हामीसँग पर्याप्त अमेरिकन डलर छ।’ राष्ट्र बैंकले विभिन्न प्रयोजनले विदेश जाने व्यक्तिलाई प्रतिव्यक्ति दुई हजार पाँच सय अमेरिकी डलरसम्म साट्न पाउने व्यवस्था मिलाएको छ।

राष्ट्र बैंकसँग हाल पर्याप्त अमेरिकी डलर छ। यो डलर सिंगापुर पठाउने तयारी भैरहेको आचार्यले बताए। उनले भने, ‘हामीले विशेष गरी एक, पाँच, १० र २० का अमेरिकी डलर सिंगापुर पठाउने गरेको छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.