एसईई ग्रेडवृद्धि परीक्षामा पनि खेलाँची

एसईई ग्रेडवृद्धि परीक्षामा पनि खेलाँची

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई)मा थोरै नतिजा ल्याएका विद्यार्थीलाई नतिजा वृद्धिका लागि अवसर दिन सञ्चालन गर्न लागिएको ग्रेडवृद्धिसम्बन्धी परीक्षामा राष्ट्रिय परीक्षा बोर्डको अपरिपक्वता देखिएको छ।

प्राविधिक समस्या देखाउँदै एसईईको त्रुटिपूर्ण नतिजा सार्वजनिक गरेको बोर्डले ग्रेडवृद्धिसम्बन्धी परीक्षा सञ्चालन गर्ने क्रममा पनि पर्याप्त अध्ययन नगरेको पाइएको छ। सैद्धान्तिक विषयतर्फ सी, डी प्लस, डी र ई प्राप्त गरेकामध्ये विद्यार्थीले चाहेमा जति विषयमा पनि यस्तो परीक्षा दिन पाउने व्यवस्थालाई अध्ययन नै नगरी बोर्डले दुई विषयमा मात्र परीक्षा दिन पाउने निर्णय गरेको छ।

यो निर्णयबारे बोर्डले सार्वजनिक सूचनामार्फत विद्यार्थीलाई जानकारीसमेत गराइसकेको छ। जब कि असार ९ गतेको नतिजापछि बोर्डले सार्वजनिक गरेको सूचनामा सी, डी प्लस, डी र ईमध्ये सी ग्रेड र सोभन्दा तल्लो ग्रेड प्राप्त गरेको जति विषयमा पनि ग्रेडवृद्धि परीक्षा दिन पाउने उल्लेख गरिएको थियो। एकै निकायले वास्तविकता नबुझी एउटै विषयमा फरकफरक सूचना जारी गरेपछि संस्थालाई कानुनले दिएको जिम्मेवारी पूरा गर्ने विषयमा समेत शंका उब्जिएको छ।

परीक्षा सञ्चालन गर्ने जिम्मेवारी बोकेको निकायले नै फरकफरक सूचना जारी गरेपछि विद्यार्थीमा द्विविधासमेत उत्पन्न गराएको छ। विद्यालय शिक्षामा अक्षरांकन पद्धति कार्यान्वयन कार्यविधि २०७२ को गत वर्ष भएको दोस्रो संशोधनमा समेत सी वा सोभन्दा कम ग्रेड ल्याउने विद्यार्थीले चाहेमा जति विषयमा पनि ग्रेडवृद्धि परीक्षा दिन पाउने स्पष्ट व्यवस्था छ।

परीक्षा सञ्चालन गर्ने जिम्मेवारी बोकेको निकायले नै फरकफरक सूचना जारी गरेपछि विद्यार्थीमा द्विविधासमेत उत्पन्न गराएको छ।

‘कार्यविधिको दफा ३ ले सी वा सोभन्दा कम ग्रेड ल्याउनेले चाहेको विषयमा परीक्षा दिन पाउने निर्देश गरेको छ। गत वर्षको एसईई पूरक परीक्षामा पनि यो अभ्यास भइसकेको छ’, परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक गेहनाथ गौतमले भने, ‘तर परीक्षा बोर्डले केका आधारमा पहिलो पटक सार्वजनिक गरेको सूचनालाई संशोधन गरेर दोस्रो पटक सूचना जारी ग¥यो। हामीलाई जानकारी भएन।’

कानुनतः बोर्डले नै सञ्चालन गर्नुपर्ने एसईई परीक्षालाई बोर्डको संरचना पूरा नभएकाले शिक्षा मन्त्रालयअन्तर्गत रहेको पनिकाले सञ्चालन गरेर नतिजा सार्वजनिक गरिदिएको थियो। तर बोर्डले दोस्रो पटक निर्णय गरेर सूचना जारी गर्ने बेलामा पनिकाका कर्मचारीसँग समन्वय गरेको छैन। कर्मचारीले ‘टाइपिङ मिस्टेक’ गरेका कारण दोस्रो पटक सूचना जारी गरिएको तर दोस्रो पटकको सूचना पनि गलत भएको परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौड्यालले स्वीकार गरे। ‘कर्मचारीले गरेका सबै काम हेर्न भ्याइँदैन। उनीहरूलाई कम गर्न दियो, केही न केही गल्ती गरिहाल्छन्। यी कर्मचारीलाई काममा लगाउन साह्रै गाह्रो भयो’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.