'अब म अर्जेन्टिनाको फुटबल समर्थक मात्रै'

'अब म अर्जेन्टिनाको फुटबल समर्थक मात्रै'

मस्को : आफ्नो टोली जारी विश्वकपको प्रिक्वार्टरफाइनल खेलबाटै बाहिरिएपछि अर्जेन्टिनामा रक्षक जाभियर मास्चेरानोले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिएका छन् । अर्जेन्टिना नकआउट चरणमा फ्रान्ससँग ४–३ गोलले पराजित भएपछि मास्चेरानोले सन्न्यासको घोषणा गरेका हुन् । ‘राष्ट्रिय टोलीमा मेरो समय समाप्त भयो । अब म अर्जेन्टिनाको फुटबल समर्थक मात्र हुँ । खेलाडीको रूपमा अर्जेन्टिनाका लागि मेरो समय सकिएको छ । तर कुनै न कुनै रूपमा अर्जेन्टिनी फुटबलमा भने सक्रिय रहनेछु,’ ३४ वर्षीय मास्चेरानोले भनेका छन् ।

सन् २००३ मा यू–२० राष्ट्रिय जुनियर टोलीमा डेब्यु गरेका मास्चेरानोले सोही वर्षदेखि अर्जेन्टिनी सिनियर राष्ट्रिय टोलीमा प्रवेश पाएका थिए । अर्जेन्टिनाका सदाबहार खेलाडी मास्चेरानोले डेढ दशक एउटै लयमा राष्ट्रिय टोलीबाट खेले । सन् २००४ र सन् २००८ को ओलम्पिकमा समेत अर्जेन्टिनी टोलीको मुख्य रक्षम रहेका मास्चेरानोले विश्वकपमा अर्जेन्टिनालाई च्याम्पियन बनाउने आफ्नो सपना भने पूरा गर्न सकेनन् ।

मास्चेरानोले अर्जेन्टिनाका लागि एक सय ४७ खेल खेल्दै तीन गोल गरेका छन् । मास्चेरानोले सन् २००३ देखि सन् २००५ सम्म घरेलु क्लब रिभर प्लेटबाट व्यावसायिक फुटबल खेलेका मास्चेरानोलले त्यसपछि एक वर्ष ब्राजिलको कोरिन्थियन्सबाट खेले । सन् २००६ देखि एक वर्ष वेस्टहाम युनाइटेडबाट खेलेका मास्चेरानो त्यसपछि तीन वर्ष लिभरपुलसँग आबद्ध रहेका थिए ।

सन् २०१० देखि २०१७ सम्म बार्सिलोनामा आबद्ध उनी यसै वर्ष चीनको हेबेई चाइना फर्टियुनमा अनुबन्ध भएका छन् । मास्चेरानोले टोलीका कप्तान लियोनल मेसीले समेत सन्न्यास लिन सक्ने बताएका छन् । यद्यपि मेसी आफैंले भने यस विषयमा केही बोलेका छैनन् । मेसीले सन् २०१६ मै सन्न्यासको घोषणा गरे पनि केही समयपछि उनले आफ्नो सन्न्यास फिर्ता लिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.