युएईमा दिलबहादुर बचाउ अभियान

युएईमा दिलबहादुर बचाउ अभियान

जिके दङ्गाली 

युएई : अन्तराष्ट्रिय रोल्पाली सेवा समाज युएईले ‘दिलबहादुर बचाऔं’ अभियानमार्फत ब्लडमनि संकलन अभियान सञ्चालन गरिहेको छ ।  संयोजक दिलाराम ओलीले संकलित ब्लडमनि रकम ६ जुलाई २०१८ मा बुर दुबईस्थित सिल्भर स्पुन रेष्टुरेण्टमा पत्रकार सम्मेलमार्फत सार्वजनिक गर्ने तयारी भएको बताए ।

 रोल्पा नगरपालिका – १० धबाङ निबासी दिलबहादुर घर्तीमगर वर्षाै दिनसम्म साउदी अरबको जेलमा जेल जीवन बिताइरहेका छन् । उनलाई जेलमुक्तको निम्ति अन्तराष्ट्रिय रोल्पाली सेवा समाज युएईले ‘दिलबहादुर बचाऔं’ अभियान थालेको हो । वैदेशिक रोजगारीको क्रममा साउदी अरबमा कार्यरत रहको समयमा घर्तीमगरले चलाएको गाडीको ठक्करबाट सोही देशको नागरिकको मृत्यु भएको थियो । 

अदालतले घर्तीको ७५ प्रतिशत गल्ती देखाउँदै नेपाली करिव ६५ लाख रकम ब्लड मनिको फसैला गरेको छ । उक्त ब्लडमनि अदालतलाई बुझाउन नसकेकाले घर्तीमगरलाई आजीवन जेल जीवन बिताउन वाध्य भएका छन् । 

 विभिन्न संघ संस्था तथा सेवा समाज लगायत सहयोगीहरुले  ‘दिलबहादुर बचाऔं’ अभियान मार्फत आवश्यक ब्लडमनि संकलन गरिरहेका छन् । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.