सर्प दंशबाट एकको मृत्यु
बर्दिबास : महोत्तरीको गौशाला नगरपालिका— १२ परोरीयाका एक युवाको सर्पको टोकाईबाट मृत्यु भएको छ । आइतबार साँझ खाना खाएर सुतेका ३६ बर्षीय शुशिल कुमार सिंहको मृत्यु भएको हो । सोमबार बिहान ८ बजे सम्म ओछ्यानबाट सुतेर नउठेपछी उनलाई उपचारको बर्दिबास स्थित शुभ स्वस्तिकह हस्पिटलमा ल्याएका थिए ।
डाक्टरले सिंहको मृत्यु भइरहेको घोषणा गरेको थियो । तर परिवारजनले बर्दिबासको गौरीडाँडास्थित सर्प दंश उपचार केन्द्रमा सिंहलाई पुर्याएका थिए ।