पाँच छोरीपछि जन्मिएका छोराको हत्या, बाबुआमा विक्षिप्त

पाँच छोरीपछि जन्मिएका छोराको हत्या, बाबुआमा विक्षिप्त

मलेखु (धादिङ)  ः  धादिङको बेनीघाट रोराङ्ग गाँउपालिका -३ मलेखु रिचोकटार नजिकै कुल्डुम भन्ने ठाउँमा धारिलो हतियार प्रयोग गरि एक बालकको हत्या भएको छ। बासु बयकोटीको पाँच वर्षीय छोरा आयुसमान बयलकोटीलाई उनकै ठुलोबुवा सीताराम बयलकोटीले गएराति ८ बजेतिर धारिलो हतियार प्रहार गर्दा बालकको घटनास्थलमै मृत्यु भएको हो । ५ वटा छोरी पाएपछि जन्मिएको छोराको पनि हत्या भएपछि बासु बयलकोटीको परिवार विक्षिप्त बनेको छ ।


 

५४ वर्षीय सीताराम मानसिक सन्तुलन गुमाएका व्यक्ति भएको र विगतमा पनि सितारामले परिवारका सदस्यहरुलाइ कुट्ने पिट्ने गरेको प्रहरीले जनाएको छ । मृतकका हजुरबालाई उदृत गर्दै इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरिक्षक सन्जय तिमिल्सिनाले भने, ‘अघिल्लो वर्ष पनि सीतारामले भाइको छोरालाई पिटेर कान्लामुनी फ्याँकिदिएका रहेछन् । गाउँमै केश मिलाएछन् त्यो बेला । हिजो पनि हजुरबा नजिकै बसिरहेको बेलामा सीतारामले हँसिया प्रहार गरेपछि बालकको मृत्यु भएछ ।’

फरार सीतारामको खोजी कार्यको लागि गजुरी प्रहरी खटिएको छ । फरारको हुलिया सबै प्रहरी युनिटहरुलाई पठाइसकिएको र जंगलमा लुकेर बसेको हुनसक्ने आशंकमा प्रहरीले घटनास्थल नजिकैको जंगलमा सर्च गरेको इलाका प्रहरी कार्यलय गजुरीले जनाएको छ । विगतमा पनि उनी जंगलमा लुकेर बस्ने गरेकाले त्यहीँ हुनसक्ने प्रहरीले बताएको छ । घटनास्थल पृथ्वीराजमार्गको मलेखु बजारबाट ६ किलोमिटर दुरीमा पर्छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.